नेशनल लाइफको दुई लाख ७८ हजार कित्ता शेयर लिलामीमा आउने

Oct 05, 2018 Merolagani

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) को दुई लाख ७८ हजार ११९ दशमलव ३४ कित्ता शेयर लिलामीमा आउने भएको छ। इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रदमा अवितरित भएको संस्थापक र साधारण गरी सो परिमाणकाे शेयर लिलामी गर्ने भएको हो ।

नेशनल लाईफले असार २१ गतेसम्म कायम रहेका शेयरधनीका लागि १० बराबर ६ अनुपातमा ९९ लाख ३६ हजार ४७७ दशमलव ५४ कित्ता हकप्रद साउन १ देखि भदौ १९ गतेसम्म बिक्रीमा ल्याएको थियो । 

सो हकप्रदमा रितिपूर्वक आवेदन दिने ८ हजार ७७३ जना आवेदकलाई ९६ लाख ५८ हजार ३५८ दशमलव २० कित्ता निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले असोज १७ गते बाँडफाँड गरेको इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

आफ्नो कायम हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम असोज २२ गते सोमबारदेखि फिर्ता भुक्तानी गरिने इन्स्योरेन्सको बिक्री प्रबन्धकले जनाएको छ ।

नेशनल लाईफ इन्स्योरेन्स को शेयर धिताेपत्रकाे दाेस्राे बजारमा प्रतिकित्ता ६९५ रूपैयाँ रहेकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।