माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार, पाँच महिनाभित्र बाँकी कार्य सम्पन्न गर्ने

Oct 05, 2018 Merolagani

लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला बिहिबार एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ ।

निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण भएको लिवर्टी इनर्जीका अध्यक्ष तथा लगानीकर्ता कुशकुमार जोशीले जानकारी दिए ।

 

अध्यक्ष जोशी र प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले विहिबार संयुक्तरुपमा स्वीच अन गरी अन्तिम ‘ब्रेक थु्र’ गरे । दोर्दीखोलामा निर्माणाधीन कूल २५ मेगावाट क्षमताको सो आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ तयार भएको हो ।

अध्यक्ष जोशीले लक्षित समयभित्रै विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोर्दी खोलामा उत्पादित जलविद्युत् खेर नजाने बताए । वन क्षेत्रको जग्गा प्रयोगलगायतका समस्याका कारण दोर्दी करिडोरमा निर्माणाधिन प्रशारण लाइनमा समस्या रहँदै आएको छ ।

गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडीले लमजुङ जलविद्युत्मा लगानीमैत्री जिल्ला भएको भन्दै ढुक्कसँग लगानी गर्न आग्रह गरे । उनले निर्माणाधिन आयोजनालाई समन्वय गरी चाडोभन्दा चाडो सम्पन्न गर्न आग्रह गरे ।

आयोजनामा बाँधस्थलदेखि दुई हजार ६२३ मिटर सुरुङ र दुई हजार ८५४ मिटर लामो ‘पेनस्टक पाइप’ निर्माण गरिएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा नौ वटा बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वलगानी छ ।

आयोजनाको कूल भौतिक प्रगति ८० प्रतिशत भएको छ । आगामी पाँच महिनाभित्र बाँकी रहेको २० प्रतिशत कार्य सम्पन्न गर्ने प्रवद्र्धकले जनाएको छ ।

दोर्दी गाउँपालिका वडा नं ६ मा निर्माण गरिएको सो आयोजनामा १२.५ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्वाइन रहनेछन् । आयोजनाको कूल लागत करीब रु चार अर्ब छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको छ ।

विसं २०७१ फागुनदेखि निर्माण शुरु गरिएको आयोजनामा भूकम्प र नेपाल–भारत सीमामा भएको अवरोधका कारण प्रभावित भएको थियो । सो कम्पनीका सञ्चालक राजेन्द्र बस्तीले आयोजनाको भौतिक प्रगति प्रभावकारी रहेको जानकारी दिँदै ‘हाइड्रो हव’का रुपमा परिचित दोर्दी करिडोरमा आयोजना निर्माणले गति लिएको दावी गरे ।

सो आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँको कीर्तिपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सवस्टेशनमा जोडिनेछ । सो करिडोरमा करीब २०० मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।