नेपाल स्टक एक्सचेञ्जले ओरियण्टलको बोनसपछि प्रतिकित्ता शेयरमूल्य ४५१ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ । समायोजित मूल्यलाई आधार मानेर आइतबार होटलको शेयर कारोबार खुल्नेछ ।
नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा होटलको औसत आधार मूल्य ५३४ रुपैयाँ १५ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
लाभांश पारित गर्न कम्पनीले कात्तिक १२ गते २१ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाका लागि शुक्रबार बुकक्लोज गरेको हो । यसअनुसार विहीबारसम्म कायम रहने शेयरधनीले मात्र बोनस सेयर प्राप्त गर्नेछन् ।
होटलले सभाबाट १४ करोड एक लाख ३५ हजार ४५७ रुपैयाँ बराबरको बोनस तथा होटलको संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत कायम गर्ने गरी एफपिओ निष्काशनको प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । कम्पनीले काठमाडौं बाहिर होटल सेवा विस्तार गर्न एफपिओ जारी गर्न लागेको जनाएको छ ।
हाल ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ चुक्ता पूँजी रहेको ओरियन्टल होटलको १५ प्रतिशत बोनस शेयर वितर पश्चात एक अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४४ रुपैयाँ कायम हुनेछ ।