नेप्सेले बैंकको बोनसपछि प्रतिकित्ता शेयरमूल्य १४८ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ । शुक्रबार समायोजन भएको शेयरमूल्यलाई आधार मानेर आइतबार बैंकको शेयर कारोबार सुरु हुनेछ ।
बैंकको नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधार मूल्य १९४ रुपैयाँ ८७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
बैंकले बोनस शेयर पारित गर्न असोज २७ गते किचन हन्ट कारकाँदो नेपालगञ्जमा बिहान ११ बजे १० औं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाका लागि बैंकले शुक्रबारदेखि शेयरधनी किताब बन्द गरेको हो । यसअनुसार विहीबारसम्म कायम रहेका शेयरधनीले लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
गत आर्थिक बर्षको नाफाबाट बैंकले शेयरधनीलाई दुई करोड ६४ लाख रुपैयाँ बोनस र कर तिर्न १३ लाख ८९ हजार ४७३ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्ती/समाहितको सम्बन्धमा सञ्चालक समितिलाई सम्पूर्ण अख्यिारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्दैछ ।
हाल बैंकको चुक्ता पूँजी ४७ करोड ५२ लाख छ । बोनस शेयरपछि बैंकको चुक्ता पूँजी ५० करोड १६ लाख रुपैयाँ नाघ्नेछ ।