२६ प्रतिशत बोनसलाई एक प्रतिशतमा झार्ने कम्पनी कुन होला ?

Oct 05, 2018 Merolagani

गत आर्थिक वर्षमा चुक्ता पूँजीको झण्डै ११ प्रतिशत बराबरको खुद नाफा कमाएको एउटा कम्पनीले आफ्ना सेयरधनीहरुलाई सवा १ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ। कमाई अनुसार लगानीकर्ताले बोनसको अपेक्षा गरे पनि उक्त कम्पनीले अघिल्लो आर्थिक वर्षको साढे २६ प्रतिशत बोनसलाई सवा एक प्रतिशतमा झारेको हो ।

कम्पनीले नगद लाभांशमा सबै रकम वितरण गर्ने निर्णय गरे पछि साधारण लगानीकर्ता भने अपेक्षित बोनसबाट बञ्चित बनेका छन् । संस्थापकहरुले बोनस नभई नगद लाभांशमा जोड दिएपछि श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स (SIFC) का साधारण लगानीकर्ता अनपेक्षित निर्णय सुन्नुपर्ने अवस्थामा पुगेका हुन् ।

८० करोड चुक्ता पूँजी रहेको फाइनान्सले गत आर्थिक वर्षमा ९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । फाइनान्स सञ्चालक समितिको असोज १८ गते बसेको बैठकले १.२३ प्रतिशत बोनस तथा ८.७७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बजारमा आम लगानीकर्ताहरु चुक्ता पूँजी पुर्याएका कम्पनीहरुले कस्तो लाभांश प्रस्ताव गर्छन् र लगानीको निर्णय गर्ने भन्ने मानसिकतामा छन्। यो अवस्थामा फाइनान्सको निर्णय भने लगानीकर्ताको अपेक्षाभन्दा फरक बनेको छ ।

अघिल्लो आर्थिक वर्षमा फाइनान्सले २६.५७ प्रतिशत बोनस वितरण गरेको थियो ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।