बैंकले आगामी दिनहरुमा पनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले जानकारी दिए ।
यो सँगै बैंकका ७७ वटै शाखाहरुबाट पूर्ण बैंकीङ्ग सुविधा प्रदान भैरहेकोछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै ABBS, ATM, ECC/IPS, C-ASBA, MOBILE बैंकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।
बैंकले आ.व. २०७४/७५ मा सञ्चालन मुनाफा ७९ करोड ४० लाख रूपैयाँ आर्जन गर्न सफल भएको थियो । सोही अवधिसम्म निक्षेप संकलन २३ अर्ब ५२ करोड रूपैयाँ र कर्जा लगानी २० अर्ब ६ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्त न्यून रहेको छ ।