बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस डिम्याटमा आएन ? कर तिर्न जानुस्

Oct 05, 2018 Merolagani

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा आफ्ना सेयरधनीलाई नगद लाभांस बितरण नगरी बोनस मात्र बितरण गर्ने निर्णय गरेको थियो । जसका कारण बैंकका सेयरधनीले बैंकले वितरण गरेको १३.२५ प्रतिशत बोनस अझै पाउन सकिरहेका छैनन् । बोनस सेयरमा लाग्ने कर तिरे पछि मात्र बोनस सेयर डिम्याटा खातामा पठाउने भएको छ ।

बैंकले २०७३ असार ३१ देखि २०७५ असार ७ गतेसम्म सेयर खरिद गरेका शेयर धनीहरुलाई बोनस सेयरको कर तिर्न आग्रह गरेको हो । शेयरधनीहरुले बैंक अफ काठमान्डूको खाता नम्बर ३६० ००० ३६० ०१२ मा बोनस सेयरको कर वापतको रकम जम्मा गर्न आग्रह गरेको हो । उक्त रकम जम्मा भए पछि मात्र बैंकका सेयरधनीको डिम्याट खातामा १३.२५ प्रतिशत बोनस सेयर जम्मा गर्ने बैंकले प्रष्ट पारेको छ ।

असार ७ गते सम्ममा बैंकको सेयर अभौतिकरण गराएका सेयरधनीको हकमा भने बोनस सेयर पठाई सकिएको बैंकले जनाएको छ । असार ७ पछि सेयर अभौतिकरण गराएका सेयरधनीको बोनस डिम्याट खातामा जम्मा गराउने क्रम चलिरहेको बैंकले जनाएको छ ।

साथै अहिलेसम्म पनि कागजी सेयरलाई डिम्याट नगराएका लगानीकर्तालाई भने कुनै पनि निक्षेप सदस्यकोमा गएर सेयर डिम्याट गराउन आग्रह गरेको छ कागजी सेयर प्रमाणपत्र डिम्याट भए पछि मात्र बैंकले बोनस सेयर खातामा जम्मा गरिदिनेछ ।

बैंकको २०७५ असार २८ गते सम्पन्न २३ औं साधारण सभाले १३.२५ प्रतिशत बोनश शेयर पारित गरेको थियो ।

तपाईसँग बैंक अफ काठमाण्डूको सेयर छ ? यहाँ हेर्नुस् कति तिर्न पर्छ कर ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।