तनहुँ जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीयवासीको आपत्ति

Oct 05, 2018 Merolagani

तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति जनाइएको हो ।

आयोजना प्रभावित सङ्घका तर्फबाट अध्यक्ष तेजराज थपलियाले विज्ञप्ति जारी गर्दै मुआब्जा निर्धारण समितिले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताएको छ ।

जिल्ला मुआब्जा निर्धारण समितिले जग्गाको प्रकृति हेरेर प्रतिरोपनी रु साढे नौ लाखदेखि २० लाखसम्म मूल्य निर्धारण गरेको थियो । पहिरामा परेको जग्गाका लागि प्रतिरोपनी रु दुई लाख ४० हजार निर्धारण भएको थियो ।

विज्ञप्तिमा परापूर्वकालदेखि चलिआएको १५ फुटे बाटोमा पर्ने घडेरीयुक्त जग्गाको वास्तविक मूल्य प्रति आना झण्डै रु १० लाख हुनुपर्नेमा मुआब्जा निर्धारण समितिले हचुवाका भरमा मूल्य निर्धारण गरेको जनाइएको छ ।

साथै छ वर्ष अगाडि बाटो नभएको साविक काहुँशिवपुर गाविसमा परेको जग्गालाई प्रति आना आयोजनाले रु तीन लाखका दरले खरिद गरेको र अहिले आफूहरुको जग्गाको मूल्य भने एकदमै न्यून निर्धारण गरेको विज्ञप्तिमा भनिएको छ । एक सय ४० मेगावाट क्षमताको आयोजनाका लागि व्यास नगरपालिका– ५ मा थप ५० रोपनी जग्गालाई रु आठ करोड विनियोजन भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।