दश कम्पनीको बजार पूँजीकरणकाे कूल पूँजीकरणकाे ३७ प्रतिशत माथि

Oct 06, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये १० कम्पनीको बजार पूँजीकरण ३७ प्रतिशत बढी रहेको देखिएको छ । उच्च पूँजीकरण हुने १० कम्पनीभित्र ८ वटा वाणिज्य बैंक रहेका छन् भने दुई कम्पनीमात्र अन्य रहेको छ ।

असोज १८ गते विहीबार नेपालकाे शेयर बजारकाे समग्र बजार पूँजीकरण १४ खर्ब ६१ अर्ब ९० करोड ३० लाख रहेको छ । यसमध्ये उच्च पूँजी हुने दश कम्पनीको मात्रै बजार पूँजीकरण ५ खर्ब ५३ अर्ब २८ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो कूल बजार पूँजीकरणको ३७.८५ प्रतिशत हाे । 

उच्च पूँजीकरण दश कम्पनी बाहेक अन्य कम्पनीहरूकाे बजार पूँजीकरण ९ खर्ब ८ अर्ब ६१ कराेड ४७ लाख अर्थात कूल बजार पूँजीकरणकाे ६२.१५ प्रतिशत रहेकाे छ ।

उच्च पूँजीकरण भएका दश कम्पनीहरूले नै नेपालकाे शेयर मार्केटलार्इ डाेर्याइरहेकाे पाइन्छ । यी कम्पनीहरूकाे शेयरमूल्यमा गिरावट अाउँदा  समग्र शेयर बजारमा गिरावट देखिने गरेकाे छ । टेलिकम र नेपाल लाइफ बाहेक ८ वटा कम्पनी वाणिज्य बैंक नै रहेकाले वाणिज्य बैंककाे सूचक अाेरालाे लाग्दा समग्र बजार घट्ने अवस्था अहिले विद्यमान रहेकाे छ । अझ भनाैं वाणिज्य बैंककाे सूचकले नै नेपालकाे शेयर मार्केटलार्इ कता लैजाने भन्ने निर्धारण गर्दछ । 

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा उच्च बजार पूँजीकरण नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) को रहेको छ । टेलिकमको बजार पूँजीकरण एक खर्ब १४ अर्ब ३० करोड रहेको छ । जुन कूल बजार पूँजीकरणको ७.८२ प्रतिशत हो ।

शेयर बजारमा सूचीकृत दोस्रो ठूलो पूँजीकरण भएको कम्पनी नबिल बैंक रहेको छ । बैंकको बजार पूँजीकरण ७५ अर्ब ८८ करोड ४४ लाख रहेको छ । यस बैंकको पूँजीकरण कूल बजार पूँजीकरणको ५.१९ प्रतिशत रहेको छ ।

त्यसैगरि नेपाल इन्भेटमेन्ट बैंकको बजार पूँजीकरण ६८ अर्ब ९१ लाख रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५५ अर्ब २७ करोड ८८ लाख, एभरेष्ट बैंकको ५० अर्ब ६४ करोड ९५ लाख, हिमालयन बैंकको ४३ अर्ब ८१ करोड ६७ लाख, नेपाल लाईफको ४१ अर्ब २ करोड ३३ लाख बराबरको बजार पूँजीकरण रहेको छ ।

 

त्यस्तै नेपाल एसबिआई बैंकको ३९ अर्ब ५९ करोड ०७ लाख, एनआईसी एशिया बैंकको ३४ अर्ब १३ करोड २२ लाख, र दशौं नम्बरमा ठूलो पूँजीकरण रहेको एनएमबि बैंकको ३० अर्ब ६० करोड ३२ लाख रहेको छ ।

एनएमबि बैंकको बजार पूँजीकरण प्रतिशतका आधारमा हेर्दा कूल बजार पूँजीकरणको २.०९ प्रतिशत हुन आउने देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।