कम्पनीको भदौ २६ गते मंगलबार सम्पन्न संचालक समितिको बैठकले शतप्रतिशत हकप्रदले समेत पाउने गरी नगद लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनी सञ्चालक समितिको असोज १८ गते बसको सञ्चालक समितिको बैठकले प्रस्तावित नगद लाभांश र कर प्रयोजन रकम खारेज गरि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने र पूर्व बैठकले प्रस्ताव गरेको रकम सञ्चित नाफामा नै राख्ने निर्णय गरेको हो ।
कम्पनीले यसअघि हकप्रद शेयर बाँडफाँड पश्चात कायम हुने चुक्ता पूँजी २३ करोडको दश प्रतिशत हुन आउने दुई करोड ३० लाख रुपैयाँ नगद लाभांश तथा कर प्रयोजनका लागि १२ लाख १० हजार ५२६ रुपैयाँ प्रस्ताव गरेको थियो ।
गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको थियो ।