लघुवित्तको साधारण सभाले चुक्ता १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँको २० प्रतिशत बराबर दुई करोड ४४ लाख ९९ हजार ५५२ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत बराबरको १२ लाख ८९ हजार ४५० रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले ३ जना प्रवर्धक सञ्चालकहरुको निर्वाचन गरेको समेत गरेको छ । लघुवित्तले यसअघि चुक्ता पूँजी बराबर नै हकप्रद शेयर जारी गरिसकेको छ । हकप्रद र बोनस पश्चात लघुवित्तको २६ करोड ९४ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।