एनसीसी बैंकको ५०% हकप्रद शेयर भर्ने म्याद आज सकिँदै

Oct 08, 2018 Merolagani

एनसीसी बैंक (NCCB) ले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आज (असोज २२ गते) अन्तिम दिन हो । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको छ । यसअघि बैंकले तोकिएको समयमा शेयर बिक्री नभएपछि १५ दिन म्याद थप गरेको थियो ।

बैंकले हकप्रद प्रयोजनका लागि गत साउन १५ गते मंगलबार शेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार साउन १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन ।

बैंकको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले रहेकोे छ । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन गर्न सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

बैंकले हकप्रद बिक्रीबाट आएको रकम तरलता व्यवस्थापन, शाखा विस्तारलगायत काममा खर्च गर्ने जनाएको छ । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन अझै ९९ करोड अपुग हुने देखिन्छ । यो रकम अब बैंकले बोनस सेयर दिएर पुर्याउनुपर्नेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।