अघिल्लो बर्ष दश प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यसबर्ष भने नगद लाभांश घटाएको छ ।
गतबर्षको मुनाफाबाट कम्पनीले दश प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।
लघुवित्तको चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी १९ करोड ४८ लाख पुग्नेछ ।
लघुवित्तले गत बर्ष दुई करोड ६१ लाख खुद नाफा आर्जन गरेको थियो । जसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा छ ।