यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार नोर्डहाउस र रोमरलाई

Oct 08, 2018 Merolagani

अर्थशास्त्रतर्फको यो वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीले प्राप्त गरेका छन्। सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

अमेरिकाको सुप्रसिद्ध येले विश्वविद्यालयका विलियम नोर्डहाउसलाई जलवायू परिवर्तनलाई दिर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत उक्त पुरस्कार दिइएको हो ।

येल युनिभर्सिटीमा आवद्ध छन्। रोमर यस्तै अमेरिकाकै न्युयोर्क युनिभर्सिटी स्कुल अफ बिजनेसमा आवद्ध रहेका छन् ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ ।

comments powered by Disqus