Fri, Mar 29, 2024
स्वदेशी लघुवित्त (SDESI) ले असोज २३ गते मंगलबारदेखि चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गरेको छ । लघुवित्तले ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद जारी गरेको हो ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । यस हकप्रदमा भदौ २४ गतेसम्म कायम रहेका शेयरधनीले खरिद गर्न सक्नेछन् । हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ । स्वदेशी लघुवित्तको कायार्लय इटहरी र सम्पूर्ण शाखा कार्यालयहरू, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, तथा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत हकप्रदमा आवेदन गर्न सक्नेछन् । लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी २३ करोड रुपैयाँको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेर विविध कारणले भन्दै रद्ध गरेको छ । गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रति शेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको थियो । कम्पनीको शेयर मूल्य सोमबार प्रतिकित्ता ६८९ रूपैयाँमा कारोबार भएको छ ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । यस हकप्रदमा भदौ २४ गतेसम्म कायम रहेका शेयरधनीले खरिद गर्न सक्नेछन् । हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
स्वदेशी लघुवित्तको कायार्लय इटहरी र सम्पूर्ण शाखा कार्यालयहरू, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, तथा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी २३ करोड रुपैयाँको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेर विविध कारणले भन्दै रद्ध गरेको छ ।
गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रति शेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको थियो । कम्पनीको शेयर मूल्य सोमबार प्रतिकित्ता ६८९ रूपैयाँमा कारोबार भएको छ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।