प्रोग्रेशिभ फाइनान्सको २८१% हकप्रदमा आवेदन दिने आज अन्तिम, छुट्याे कि !

Oct 09, 2018 Merolagani

प्रोग्रेशिभ फाइनान्स (PROFL) ले भदौ ५ देखि निष्काशन गरेको २८१ प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज (असोज २३ गते) अन्तिम दिन रहेको छ। फाइनान्सले यसअघि असोज ८ गतेसम्म हकप्रद निष्काशन गरेकोमा १५ दिन म्याद थप गरेको थियो ।

प्रोग्रेशिभ फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको छ । 

हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । 

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पुर्ण शाखा कार्यालय र सनराइज बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुरुप फाइनान्सलाई ८० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद बिक्रीमा ल्याएको हो ।

फाइनान्स कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेकोले यस हकप्रदमा साउन २२ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्नेछन् । कम्पनीको हाल कायम २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रदपछि फाइनान्स कम्पनीको ८० करोड रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।

सोमबार कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता १०६ रुपैयाँमा कारोबार भएको छ ।

गत आर्थिक वर्षमा ३५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको प्रतिसेयर आम्दानी एक रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।