सूर्या लाइफ इन्स्योरेन्सका शेयरधनीलाई फेरी थपिने भयाे हकप्रदकाे बाेझ

Oct 09, 2018 Merolagani

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी (SLICL) का शेयरधनीले हकप्रदका लागि फेरि रकम जुटाउनुपर्ने भएको छ । बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न यसअघि ४० प्रतिशत हकप्रद जारी गरेको कम्पनीले फेरि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद जारी गर्ने भएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १०ः ७ को अनुपातमा साबिकका शेयरधनीहरुलाई जारी गर्न लागेको जनाएकाे छ। 

इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाण्डौंलाई नियुक्त गरेको छ । 

एनआईसी एशिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गत आर्थिक बर्षको चौथौ त्रैमासिक प्रतिवेदन अनुसार सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ९ करोड ४८ लाख २१ हजार रहेको छ ।

गत बर्ष कम्पनीले १२ कराेड १५ लाख खुद नाफा कमाएर प्रतिशेयर अाम्दानी ११ रूपैयाँ ८ पैसा कायम गरेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।