डलर फेरि आकासियो, एक डलरका लागि ११९ रुपैयाँ खर्चनुपर्ने

Oct 09, 2018 Merolagani

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले असोज २३ गते मंगलबारका लागि प्रति एक डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । यससँगै अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासमै धेरै कमजोर बनेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आउन थालेपछि डलरमूल्य बढ्न थालेको थियो ।

गत शुक्रबार एक अमेरिकी डलर खरीददर ११८ रुपैयाँ ३० पैसा रहेको थियो । गत अप्रिलदेखि नै नेपाली मुद्रा अमेरेकी डलरसँग अवमूल्यनमा हुँदै आएको छ ।

भारतको तुलनामा अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा भारतीय मुद्राको तुलनामा डलरको भाउ बढेको हो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सिधा असर नेपाली मुद्रामा पनि पर्ने गर्दछ । नेपाली मुद्राको भारतसँग स्थिर विनिमय दर छ । डलर भाउ बढेसँगै अहिले एक डलर खरीद गर्न ७४ भारु खर्च गर्नुपर्नेछ ।

नेपालीहरुको महान चाड बडा दशैं नजिक आइसकेको छ । यहि समयमा डलरको भाउ महङ्गो हुँदा बजार भाउ उच्च हुने देखिएको छ । दैनिकजसो डलरमा देखिएको बढोत्तरीले बजार भाउ उच्च भई न्यून आम्दानी भएकालाई थप प्रभावग पर्ने देखिन्छ ।

आयातित तेलको भुक्तान डलरमा गर्नुपर्ने हुदा कच्चा तेलको मुल्य समेत वृद्धि भएको छ । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।

डलर महङ्गीँदा नेपाललाई यस्ता पर्छन् असर

डलरको बढ्दो मूल्यको प्रभाव नेपालको शोधानान्तर बचत र विदेशी विनिमय सञ्चितिमा पर्ने गर्दछ । आयातमा आधारित अर्थतन्त्रमा भएको नेपालमा डलरको भाउ बढ्ने बित्तिकै आयातको खर्च बढ्दा भुक्तानी सन्तुलनमा दवाब पर्ने गर्दछ । अर्को नेपालले विदेशी मुद्रामा लिएको ऋणको डलरको भाउ बढेसँगै बढ्छ जसले वैदेशिक ऋण तिर्दा नेपाललाई बजेटमा गरिएको व्यवस्थाभन्दा थप पैसा आवश्यक पर्छ ।

ठूला आयोजना निमार्णका लागि नेपालले अमेरिकी डलरमा विभिन्न कम्पनीसँग गरेको सम्झौता अनुरुप डलरको भाउ बढ्दा यसले पनि थप रकम भुक्तानीको बोझ नेपाललाई थपिन्छ । डरलमा भुक्तानी गर्नुपर्ने सबै क्षेत्रमा समेत डलर मजबुत बन्दा नेपाललाई बोद्ध थपिन्छ ।

अधिकांश उपभोग्य वस्तु डलरमा भुक्तानी गरेर आयात भईरहेको नेपालको सन्दर्भमा यस्ता वस्तुको मूल्य बढ्ने निश्चित छ । जसले गर्दा व्यापार घाटा झन् बढेर जान्छ ।

नेपाली मुद्रासँग भारतीय मुद्रा सटही दर स्थिर रहेकाे कारणले अमेरिकी डलरसँग भारुको सटही दर मा अाउने परिवर्तनले नेपाली रूपैयाँमा असर देखिन्छ । जसले भारतीय मुद्रामा नै नेपालमा सामान आयात गर्दा पनि महङ्गो पर्न जान्छ ।

भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् । डलर महङ्गो भएको बेला कच्चा पदार्थको लागत बढ्न जाँदा भारतमा नै महङ्गो पर्ने वस्तु नेपालसम्म आईपुग्दा अझ धेरै महङ्गोे पर्न जान्छ ।

देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन भने केही सहज हुन्छ । पहिलेको भन्दा सस्तोमा वस्तु बिक्री हुने भएकाले निर्यात बढाउन सक्ने अवस्था रहन्छ । तर नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने अवस्था नभएको हुनाले निर्यात बढ्ने सम्भावना देखिँदैन ।

डलरको मूल्य बढ्दा विदेशी सामान महङ्गो हुने कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ ।

त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप आम्दानी गर्न सक्छन् ।

सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्दछ । सरकारले डलर सस्तो भएको समयमा लिएको ऋण डलर महङ्गीँदा धेरै रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

विज्ञहरुकाअनुसार रेमिट्यान्समा आधारित अर्थतन्त्रमा भएका देशहरुमा भित्रने रेमिट्यान्स भने डलर मजबुत हुँदा बढ्ने गर्दछ । विभिन्न मुलुकबाट नेपालीहरुले अमेरिकी डलरमा रेमिट्यान्स पठाउँछन् ।
डलरको मूल्य बढेको बेला यहाँ आफन्तले बढी पैसा पाउँछन् । त्यसैले डलरको मूल्य बढेको बेला कामदारहरुले जम्मा गरेर राखेको पैसा नेपाल पठाउँछन् । रेमिट्यान्सको आप्रवाह बढ्ने सम्भावना रहन्छ ।

यद्यपि सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् । नेपाली कामदारले स्थानीय मुद्रामा तलब प्राप्त गर्छन् र त्यहाँको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको भए नेपाली कामदारले कुनै लाभ पाउन सक्दैनन् ।

पढ्न वा अन्य कामले विदेश जाने नेपालीको खर्च डलरको मूल्य बढेको बेला ज्यादा हुन्छ । विदेशमा चाहिने डलर उत्ति नै भए पनि यहाँबाट डलर साटेर जाँदा बढी पैसा तिर्नुपर्छ । डलरको मूल्य बढेको बेला पढ्न जाँदा वा अध्ययनरत व्यक्तिलाई यहाँबाट पैसा पठाइदिंदा पनि धेरै रुपैयाँ खर्च हुन्छ । जसले ती विद्यार्थीको परिवारमाथि एक्कासी आर्थिक बोझ थपिन्छ।

यस्तै, कुनै मुलुकको मुद्रा कमजोर हुँदा त्यहाँ विदेशी लगानी बढ्ने सम्भावना पनि बढ्छ भने निर्यातबाट प्राप्त भन्सार आम्दानी समेत बढ्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।