हाइड्रोपावर कम्पनीले कार्तिक ८ गते बिहीबार सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे सभा आह्वान गरेको छ ।
सो साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले असोज २५ गते बिहीबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले बुधबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
सातौं बार्षिक साधारण सभामा सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडलाई आफुमा गाभ्ने विशेष प्रस्तावमा छलफल गरि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ ।