डेढ अर्ब लागतमा रुदी ‘ए’ आयोजना सम्पन्न, एक महिनाभित्रै व्यावसायिक उत्पादन थालिने

Oct 10, 2018 RSS

लमजुङ र कास्कीको सिमानामा पर्ने ८.८ मेगावाट क्षमताको रुदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ। एक अर्ब ५० करोड रूपैयाँ लागतमा आयोजना निर्माण भएको हो । २०७४ असार मसान्तभित्र सक्ने भनिए पनि ०७३को असारमा बाढी पहिरोले निर्माणाधीन आयोजनामा क्षति पुर्याएपछि निर्माण अवधि लम्बिएको थियो ।

स्थानीय रुदी खोलामा निर्माण गरिएको ८.८ मेगावाट क्षमताको सो आयोजना निर्माण सम्पन्न भएको हो । 

त्यसअघि भूकम्प र नाकाबन्दी साथै पहिरोले आयोजनाको निर्माण कार्य प्रभावित बनेका आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले बताए ।

आयोजनाले १५ दिन नेपाल विद्युत् प्राधिकरणलाई परीक्षणको समय निःशुल्क विद्युत् दिएको छ । एक महिनाभित्र व्यावसायिक विद्युत् उत्पादन थालिने आयोजनाले जनाएको छ ।

असोज २० गतेदेखि नहरमा पानी राखेर परीक्षण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग व्यावसायिक विद्युत् उत्पादन मिति (सीओडी) गत वर्षको असारमा नै तोकिएको थियो । तर निर्माण कार्यमा केही ढिलाइ भएपछि आयोजनाले व्यावसायिक उत्पादन मिति पर सारेको हो ।

रुदी ‘ए’ जलविद्युत्को २०६९ माघ २८ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । निर्माण शुरु भएको दुई वर्ष पाँच महीनाको अवधिमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । हिउँदको समय आठ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भएको हो ।

विद्युतगृहमा ४.४ मेगावाटका दुई पेलटन टर्बाइन जडान गरेर अहिले इन्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको छ। लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङदीगाउँ र कास्कीको मादी गाउँपालिका–८ सिङदीबेसीमा आयोजनाको बाँध निर्माण गरिएको छ ।

आयोजनामा ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानी हालिएको छ । मादी–९ बालुवाबोसीमा निर्माण गरिएको विद्युत् परीक्षण उत्पादन शुरु गरिएको छ । आयोजनाको सिभिलतर्फ हाइ हिमालय हाइड्रो कन्सट्रक्सन, हाइड्रो मेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इञ्जिनीयरिङ र इलेक्ट्रो मेकानिकलतर्फ तोशिबा प्लान्ट सिस्टम एण्ड सर्भिस कर्पोरेशनले काम गरेको छ ।

आयोजानको प्रवद्र्धकमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि रहेको छ । आयोजनामा प्रवद्र्धकको ३० प्रतिशत स्वपूँजी रहेको छ भने सानिमा बैंकलगायतले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

प्रवद्र्धक कम्पनीले ६ दशमलव ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । उक्त आयोजनाको पावरहाउसको सिभिलतर्फको काम सकिएको छ ।

सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति नभइरहेको बेला निजी क्षेत्रले आक्रामक रूपमा आयोजना निर्माण सम्पन्न गर्न थालेका हुन् । पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् ।

केही दिन पहिले मात्रै लमजुङमा नै आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको थियो । यस्तै दोलखामा आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको सिङ्गटी जलविद्युत् आयोजनाको पनि सुरुङ निर्माण सम्पन्न भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।