पाँच लाख घुस लिँदै गर्दा सरकारी वकिल पक्राउ

Oct 10, 2018 Merolagani

सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् । ठगी मुद्दा अगाडि नबढाउन पाँच लाख घुस लिँदै गर्दा थापा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान थापालार्इ कार्यालयबाटै पक्राउ गरेको हो।

ठगीसम्बन्धी मुद्दा अगाडि नबढाउने भन्दै उनले सेवाग्राहीबाट घुस लिएकाे बताइएकाे छ ।

comments powered by Disqus

चौतारी लघुवित्तको आईपिओ नतिजा मेराेलगानीमा

Dec 14, 2018

चौतारी लघुवित्त (CHAUTARI) को आईपिओ आज शुक्रबार बाँडफाँड भएको छ। लघुवित्तको शेयर कूल आवेदक मध्ये ५६ हजार ७० आवेदकले मात्रै  गाेला प्रथाबाट शेयर पाएका छन् भने २ लाख १७ हजार १२२ जनाकाे हात खाली भएकाे छ ।