राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ९ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना

Oct 10, 2018 Merolagani

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयां गाडी कर्जा योजना शुभारम्भ गरेको छ ।

गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा रु. ५० लाख मध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने बैंकले जनाएको छ ।

यस योजनामा अन्तर्गत बैंकले ५ वर्ष सम्मको लागि ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदरमा बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने बताएको छ ।

यो योजना २०७५ कार्तिक मसान्त सम्म मात्र लागु हुने बैंकले जनाएको छ ।

निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने र बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सेवा लिन सकिने बैंकले जनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।