साधारण सभाबाट पारित भएको ९ महिनासम्म सूचीकरण भएन जनउत्थानको लाभांश

Oct 10, 2018 Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) को साधारण सभाबाट पारित भएको लाभांश ९ महिना पुग्दा समेत नेप्सेमा अझै सूचीकरण हुन सकेको छैन । लघुवित्तको ०७४ पुस ३० गते बसेको सातौं साधारणसभाले २० प्रतिशत बोनस पारित गरेको थियो ।

लामो समयसम्म लाभांश सूचीकरण नहुँदा लगानीकर्ताको सम्पत्ति बन्धक बनेको छ ।  

धितोपत्र बोर्डको बोनस शेयर निष्काशन निर्देशिका, २०६७ मा साधारण सभाले पारित गरेको बोनस ३० दिन भित्र अनिवार्य रुपमा बोर्डमा दर्ता गराई धितोपत्र बजारमा सूचीकरणका लागि निवेदन गरिसक्नुपर्ने व्यवस्था छ ।

जनउत्थानको साधारण सभाले पारित गरेको बोनस शेयर ९ महिना बित्दा समेत नेप्सेमा सूचीकरण हुने छाँटकाँट नदेखिएको हो ।

लघुवित्तले अघिल्लो आर्थिक वर्षको कमाईबाट तत्कालीन शेयरधनीलाई दुई करोड ४० लाख रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत अर्थात ४० हजार कित्ता बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

जनउत्थान सामुदायिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले लघुवित्तको कार्यक्षेत्र विस्तारका कारणले सूचीकरणमा ढिलाई भएको बताए ।

लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संसोधनमा धेरै विषय परिमार्जनका लागि राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती प्रकृयामा भएको ढिलाईका कारण शेयर सूचीकरणमा समय लागेको उनको भनाई छ ।

लघुवित्तको सातौं बार्षिक साधारण सभाले पारित गरेको बोनस रजिष्ट्रेशनका लागि आवश्यक कागजात सहित धितोेपत्र बोर्डमा पठाईसकेको सीईओ पोखरेलले बताए । अबको केही दिनभित्रै बोनस सूचीकृत हुन्छ उनले भने ।

लघुवित्तले सुर्खेत, गुल्मी, मकवानपुर जिल्लाहरुमा कार्यक्षेत्र थप गरी १८ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।