इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो ।
आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महिनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको हो । अबको १५ दिनदेखि नियमित उत्पादन थाल्ने मैनालीले बताए ।
उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक र ज्योति विकास बैंकले एक अर्ब ५० लाख रूपैयाँ संयुक्त लगानी गरेका थिए । आयोजनाको काम छिटै सम्पन्न भएकाले करिब सात लाख रूपैयाँ रकम बचत हुनसक्ने उक्त उक्त प्रालीका अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
सुपरमाई हाइड्रोको परीक्षण उत्पादनसँगै अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । यो आयोजनासँगै इलाममा मात्रै ११ आयोजना हालसम्म सञ्चालनमा आएका छन् । बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् ।
उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ ।