बुद्ध एयर पब्लिक कम्पनीमा रुपान्तरण हुने, अन्तर्राष्ट्रियतर्फको ७० प्रतिशत सेयर सर्वसाधारणलाई

Oct 11, 2018 Merolagani

बुद्ध एयरले पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी अहिले प्राइभेट कम्पनीका रूपमा आन्तरिक र क्षेत्रीय उडान गरिरहेको छ ।

३ वर्षपछि  अन्तर्राष्ट्रिय  उडान गर्ने योजनामा रहेको कम्पनीले एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा ३० प्रतिशतमात्रै सेयर राखेर बाँकी ७० प्रतिशत साधारण शेयर बिक्री गर्ने घोषणा गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई ३० प्रतिशत, ३० प्रतिशत अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई र बाँकी १० प्रतिशत हवाई क्षेत्रमा आउन चाहने स्वदेशी संघ/संस्था या व्यक्तिले पाउने कम्पनीले जनाएको छ ।

एटीआर जहाज चलाउन थालेको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बुद्ध एयरले उक्त घोषणा गरेको हो ।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आन्तरिक तर्फ निजी कम्पनीकै रूपमा सेवा सञ्चालन गरिने र अन्तर्राष्ट्रिय तर्फ पब्लिकमा जाने कम्पनीको योजना भएको बताए ।

अन्तर्राष्ट्रिय उडानलाई नै पब्लिकका रूपमा लगिने प्रष्ट पार्दै उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट उडान सुरु गर्ने जानकारी दिए । अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले अहिले काठमाडौंबाट भारतका बनारसमा उडान गरिरहेको छ ।

 

नेपालमा हालसम्म कुनै पनि हवाई सेवा प्रदायक कम्पनी पब्लिकमा भएका छैनन् । बुद्धसँग हाल साना ठूला गरी ११ वटा विमान छन्। ७२ सिट क्षमताको ६ वटा एटिआर ७२-५००, ४७ सिट क्षमताको ३ वटा एटिआर ४२–३२० र १९ सिट क्षमताको २ वटा बीचक्राफ्ट १९०० डी विमान छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।