उक्त सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।
क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको छ ।
कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेष्ट बैंक मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।
यो समझदारी सँगै बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ । हामी अझैं बैंकको रेमिट्यान्स सेवालाई बिस्तार गर्दै लाने छौं । त्यो रेमिट्यान्स सिनोसर्टबाट प्राप्त भएसँगै देशभर रहेको एभरेष्ट बैंकका ८२ वटा ब्रान्च र ५५०० रेमिट्यान्स एजेन्टहरुमार्फत भुक्तानी लिन सकिने छ ।