नयाँ नेपाल लघुवित्तको एक लाख कित्ता शेयर लिलामीमा आउने

Oct 11, 2018 Merolagani

नयाँ नेपाल लघुवित्त (NNLB) कोे एक लाख तीन हजार ३५३ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । लघुवित्तले गत साउनमा निष्काशन गरेको २५० प्रतिशत हकप्रदमा अविरित शेयर लिलामी गर्नेछ ।

लघुवित्तले साउन २७ गते देखि भदौ ३१ गते सम्म चुक्ता पूँजीको २५० प्रतिशत अथवा ६ लाख कित्ता हकप्रद बिक्रीमा राखेको थियो । जसमध्ये एक हजार ८५३ आवेदकले ४ लाख ९६ हजार ६४७ कित्ता हकप्रद शेयर मात्र खरिद गरेका छन् ।

बिक्री हुन नसकेको एक लाख तीन हजार ३५३ कित्ता शेयर लघुवित्तले लिलामी गर्नेछ । लघुवित्तले लिलामी शेयरको बोलपत्र निष्काशन मिति तय गर्न बाँकी नै छ । लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद र लिलामी शेयर बिक्री पश्चात लघुवित्तको चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।