बैंकहरुबीच ब्याजदर घटाउने सहमति भएकै दिन हिमालयन बैंकले दियो चुनौती

Oct 11, 2018 Merolagani

बाणिज्य बैंकहरुबीच ब्याजदर घटाउने सहमति भएकै दिन हिमालयन बैंक (HBL) ले बार्षिक ११ प्रतिशत ब्याजदर प्रदान गर्ने मुद्धती योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो पच्चिसौं बार्षिक उत्सवको अवसर पारेर नयाँ मुद्धती योजना सार्वजनिक गरेको हो ।

बिहीबार विहान मात्रै नेपाल बैंकर्स एशोसिएशनको पूर्ण बैठकमा ब्याजदर घटाउने सहमति भएको थियो ।

बैठकले संस्थागत मुद्धती निक्षेपमा १० प्रतिशतभन्दा बढी र साधारण बचतमा ५ प्रतिशतभन्दा कम ब्याज नदिने सहमति गरेको थियो ।

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले मुद्धती निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम १० प्रतिशत र संस्थागततर्फ अधिकतम ९ प्रतिशत व्याजदर कायम गर्ने निर्णय गरेको छ ।


तर बैंकहरुबीच सहमति भएको केहि घण्टाभित्रै हिमालयन बैंकले आफ्नो फेसबुक पेज मार्फत ११ प्रतिशत ब्याज दिने मुद्धति योजना सार्वजनिक गरेको छ ।

बैंकले ३० महिने अवधिको मुद्धति निक्षेपमा मासिक ब्याज भुक्तान गर्ने जनाएको छ । यो योजनामा सहभागि हुन न्यूनतम ५० हजार रुपैयाँ बचत गर्नुपर्नेछ ।

यसअघि बैंकहरुले मुद्दति निक्षेपमा साढे १० प्रतिशतसम्म ब्याज दिन पाइने सहमति थियो । तर साधारण बचतको ब्याजदर तोकेका थिएनन् । तर बैंकहरुमा कर्जाको तुलनामा निक्षेपको वृद्धि कम हुनथालेपछि बैंकहरुले सहमति तोड्दै ब्याज बढाउँदै गर्न थालेका थिए ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।