दशैंमा नेटटिभीको उपहार “चाडपर्वको लहर–एकमा एक अफर”

Oct 11, 2018 Merolagani

नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको करिब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

विशेष अवसरमा विशेष र आकर्षक योजनामार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिइरहेको नेट टिभीले दशैंको अवसर पारेर “चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर” ल्याएको छ ।

यो अफर अनुसार एक महिनाको प्रिमियम प्याककोा खरीदमा अर्को एक महिना सित्तैमा टेटटिभी हेर्न पाइनेछ ।

यसपालीको दशैँ उमङ्ग, नेटटिभी एपमा मुवी मजासँग

आफ्ना मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसा देखि निसुल्क सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु ग्राहकले नेटटिभी एपमा मज्जा लिन सक्नेछन्।

स्मरणीय के छ भने नेटटिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत १५० च्यानलहरु हेर्न सकिनेछ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।

न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ । एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिक कम्पनीको साथ साझेदारी गरिरहेको छ ।

त्यस्तै विभिन्न समुदाय आधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम् आईपीटीभी हेड इन्ड सञ्चालन गर्दछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।