सानिमा माई हाइड्रोको बोनस समायोजनपछि घट्यो शेयरमूल्य

Oct 11, 2018 Merolagani

सानिमा माई हाइड्रोपावर कम्पनी (SHPC) को कम्पनीको शेयर समायोजित मूल्यमा १.९२ प्रतिशतले घटेर २५५ रुपैयाँमा झरेको छ। गत अावकाे नाफाबाट वितरण गर्न प्रस्ताव गरेकाे १० प्रतिशत बाेनसपछि असोज २५ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता २६० रुपैयाँमा शेयरमूल्य समायोजन भएको थियाे । 

नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा कम्पनीको औसत आधार मूल्य ३०५ रुपैयाँ ५० पैसा निर्धारण भएको नेप्सेले जनाएको छ । 

बिहीबार कम्पनिकाे ५ हजार ३४८ कित्ता शेयर १३ लाख ७० हजार २४० रूपैयाँमा खरिद बिक्री भएका छन् ।

बोनस शेयर पारित गर्न हाइड्रो पावरले कात्तिक ८ गते बिहिबार सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजे सातौं बार्षिक साधारण सभा अाह्वान गरेकाे छ ।

हाइड्रोपारले साधारण सभाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश पारित गर्नेछ । असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले साे लाभांश प्रस्ताव गरेको थियो ।
सभामा  सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडलाई आफुमा गाभ्ने विशेष प्रस्तावमा छलफल गरि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने एजेण्डा छ ।

साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले असोज २५ गते बिहीबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे हाे । यसअनुसार बुधबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।