एपेक्स कलेजमा “माइक्रोफाइनान्स इन एक्सन” गोष्ठी सम्पन्न

Oct 11, 2018 Merolagani

काठमाण्डौँ स्थित एपेक्स कलेजमा लघुवित्त सम्बन्धि “माइक्रोफाइनान्स इन एक्सन” कार्यशाला गोष्ठी सम्पन्न भएको छ । २०७२ सालदेखी इटलीको पादोभा युनिभर्सटी र एपेक्स कलेजले संयुक्त रुपमा सञ्चालन गर्दै आएको उक्त कार्यशाला गोष्ठीको यो चौथो संस्करण हो ।

पाँच दिन सम्म संचालनमा रहेको उक्त कार्यक्रममा पादोभा युनिभर्सिटीबाट मानव अधिकार संकायको स्नातकोत्तर तहमा अध्ययनरत ८ जना विद्यार्थीहरु तथा एपेक्स कलेजका एम. वि. ए. तहमा अध्ययनरत ८ जना विद्यार्थीहरु सहभागी भएका थिए । 

उक्त कार्यशाला गोष्ठीको प्रमुख उद्देश्य लघुवित्त कार्यक्रमको उपादेयता तथा प्रभावकारिता बारे छलफल गर्नु तथा यस्ता कार्यक्रमले मानव अधिकार, महिला अधिकार, उद्यमशिलता र समग्र जीवनस्तर तथा जीवन शैलमिा के कस्तो प्रभाव पार्छ भन्ने बारे बृहत छलफल गर्नु रहेको थियो ।

कार्यक्रम सञ्चालनको क्रममा सहभागीहरुलाई लघुवित्तको वारेमा युरोप र नेपालमा भइरहेको संचालन प्रक्रिया, विकासक्रम तथा हालको अवस्थावारे पादोभा युनिभर्सिटीको तर्पmबाट प्रोफेसर अलवर्टो लान्जाभेकिया तथा एपेक्स कलेजका तर्फबाट प्राध्यापक किशोर ढुङ्गानाले छलफल तथा जानकारी गराएका थिए ।

स्थलगत अनुभवका लागि सहभागी विद्यार्थीहरु आमासमूहको कार्यशैली वारे जानकारी लिन ललितपूरको ठेचो तथा वनेपा स्थित वचत तथा ऋण सहकारी संस्थाको अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए ।

यस क्रममा युरोपका मानव अधिकार व्यवस्था र हालको अवस्था तथा त्यसमा लघुवित्तको प्रभाव बारे इटालीका विद्यार्थीहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपालका तर्पmबाट एपेक्स कलेजका विद्यार्थीहरुले लक्ष्मी लघुवित्तिय संस्थाको भैँसेपाटी स्थित शाखाबाट सेवा पाइरहेका लधुवित्त ग्राहकहरुका वारेमा गरिएका खोजमूलक अध्ययन प्रतिवेदनलाई यस कार्यशालामा प्रस्तुत गरेका थिए ।

यस कार्यक्रममा नेपालको लघुवित्तको वारेमा सेन्टर फर माइक्रो फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत श्री नरेश नेपालले लघुवित्तका महत्वलाई प्रकाश पार्दे यसको चुनौती तथा अवसरका वारेमा सहभागीहरुलाई जानकारी गराए ।

यस किसिमका कार्यक्रमको उद्देश्य विषयगत कुराको जानकारी आदान प्रदान गर्नु मात्र नभइ राष्ट्र राष्ट्र विचका संस्कृति तथा रितिरिवाजका बारेमा जानकारी गराउनु पनि रहेको हुदाँ असोज १२ गतेका दिन संयुक्त सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो ।

यस कार्यक्रमको उद्घाटन मिति २०७५ असोज ७ गते मुक्तिानथ विकास बैँकका प्रमुख कार्यकारी आधिकृत प्रधुम्न पोखरेल तथा एपेक्स कलेजका प्राचार्य एल पि भानु शर्माको उपस्थितिमा गरिएको थियो ।

यस कार्यक्रमको प्रभावकारिताको वारेमा वताउदै एपेक्स कलेज एम. वि. ए. मा अध्ययनरत छात्रा मन्जु मुडभरीले विद्यार्थीहरुका व्यक्तित्व विकासमा ठोस योगदान पु¥याएको , कक्षाकोठा भन्दा वास्तविक जीवनमा भईरहेको प्रभाव वारे जानकारी हाँसील भएको, अन्य राष्ट्रहरुमा गरिएका विभिन्न प्रयासहरुको बारेमा जानकारी प्राप्त भएको तथा अन्तराष्ट्रिय स्तरको शैक्षिक अभ्यासका अनुभव गर्न पाईएको भन्दै खुशी व्यक्त गरिन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।