भद्र सहमतिपछि दुई दर्जन वाणिज्य बैंकहरुले एकसाथ सार्वजनिक गरे नयाँ ब्याजदर

Oct 12, 2018 Merolagani

वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेपछि धमाधम नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबार मात्र बैंकर्स संघको बैठकबाट ब्याजदरको बिषयमा नयाँ समझदारी गरेका बैंकहरुले शुक्रबारदेखि नयाँ ब्याजदर प्रकाशित गर्न थालेका छन् ।

शुक्रबार मात्रै झण्डै दुई दर्जन वाणिज्य बैंकहरुले नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । बैंकहरुले असोज २६ गते शुक्रबारदेखि नै लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।

बैंकर्स संघको बैठकमा साधारण बचतमा पाँच प्रतिशतभन्दा कम ब्याज नदिने तथा मुद्धती बचतमा दश प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति भएको थियो ।

यस्तै व्यक्तिगत मुद्धती खातामा दश प्रतिशत र संस्थागत मुद्धती खातामा भने नौं प्रतिशतसम्म व्याज दिने सहमति गरेका छन् । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार संस्थागतमा बैंकहरुले प्रकाशितभन्दा एक प्रतिशत बिन्दु बढी दिन सक्छन् भने ब्यक्तिगतमा आधा प्रतिशत बिन्दु बढी दिन सक्छन्।

बैंकहरुले यसअघि साधारण बचतमा सात प्रतिशतसम्म र मुद्धतीमा १० दशमलव ५० प्रतिशतसम्म ब्याज दिने समझदारी बैंकहरुले गरेका थिए । तर केही बैंकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी व्याजदर दिएको भन्दै बैंकर्स संघमा उजुरी गरेका थिए ।

गत साउनदेखि हालसम्म बैंकहरुले ३९ अर्ब निक्षेप संकलन गरेका छन् । तर सोही अवधिमा ९२ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सन्तुलन नभएपछि बजारमा फेरि लगानीयोग्य रकमको अभाव हुनसक्ने सम्भावना देखिएको छ । बजारमा करिब ३५ अर्बको हाराहारीमा मात्रै तरलता रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।