१८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस शेयर वितरण पश्चात २१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । कम्पनीले गत आवमा १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षमा एनसीएचएल इसीसी मार्फत कुल ९६ लाख ८६ हजार २७७ चेक राफसाफ भएकोमा दैनिक कारोबार संख्या ४० हजार ७५६ रहेको थियो । औषत दैनिक राफसाफ रकम भने २६ अर्ब ६ करोड रुपैयाँ रहेको नेपाल क्लियरिङ्ग हाउसले जनाएको छ । कम्पनीले ८० वटा बैंक तथा वित्तीय संस्थाहरुको ४ हजार ८० वटा शाखाहरुबाट खिचिएका चेक एनसीएचएल इसीसी प्रणाली मार्फत राफसाफ गरेको हो ।
यस्तै कम्पनीले संचालन गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आइपिएसवाट गत आर्थिक वर्षमा १८ लाख ७९ हजार ६६३ वाट कारोबार भएको थियो । जसमा दैनिक कारोबार संख्या ८ हजार ३ रहेको थियो भने औषत दैनिक ३ अर्ब ३ करोड रुपैयाँ राफसाफ भएको छ ।
यसै गरी कम्पनीले वैशाख १२ गतेदेखि अनलाइन माध्यममार्फत सोझै आफ्नो बैंक खाताबाट नेपाल सरकारको राजस्व भुक्तानी, फण्ड ट्रान्सफर, अन्य भुक्तानी गर्न सकिर्ने कनेक्ट आइपिएस इ पेमेन्ट’ प्रणाली सञ्चालनमा ल्याएको थियो । यस प्रणालीमा हाल ४४ वटा बैंक तथा वित्तीय संस्था आवद्ध रहेका छन् भने ३१ बैंक तथा वित्तीय संस्था मार्फत कारोबार भैरहेको छ ।