एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्डको लाभांश स्थिर

Oct 12, 2018 Merolagani

एनएमबि सुलभ इन्भेष्टमेष्ट फण्ड १ (NMBSF1) ले आफ्ना इकाईधनीका लागि आर्थिक बर्ष २०७४/७५ को नाफाबाट कर सहित २१.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फण्डले अघिल्ला बर्षहरूमा वितरण गरेजति नै लाभांश प्रस्ताव गरेकाे हाे ।

एनएमबि म्युचुअल फण्डको असाेज २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत श्रृजेश घिमिरेले जानकारी दिए । 

सुलभ इन्भेष्टमेष्ट फण्डले अघिल्ला २ बर्षहरुमा पनि पनि २१.०५२ प्रतिशत नै लाभांश वितरण गरेको थियो । याेसँगै गत अार्थिक बर्षकाे नाफाबाट लाभांश वितरण गर्ने सामूहिक लगानीकाेषकाे संख्या तीन पुगेकाे छ । यसभन्दा अगाडि नै सिद्दार्थ अाेरियण्टेड स्कीम र एनअार्इबिएल समृद्दि फण्डले १२ प्रतिशत लाभांश घाेषणा गरेर वितरण गरिसकेका छन् ।

हाल १३ वटा सामूहिक लगानीकाेषका इकाइ सञ्चालनमा रहेका छन् । अब १० वटाले लाभांश वितरण गर्न बाँकी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।