असोज २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको दश प्रतिशत बोनस र दश प्रतिशत नगदगरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
गएको बर्ष कम्पनीले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीले ७ करोड २६ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस र कर सहित उत्तिनै परिमाणमा नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
७२ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि चुक्ता पूँजी करिब ८० करोड पुग्नेछ । कम्पनीले गत आर्थिक बर्षमा २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४१ पैसा कायम गरेको थियो ।