कुन बैंकले कति तोके निक्षेपको ब्याजदर ? मुद्धती बचतमा झिनो परिवर्तन

Oct 12, 2018 Merolagani

वाणिज्य बैंकहरुले छाता संगठनमा सहमति गरेपछि एकै दिन बचतको व्याजदर घटेको सूचना निकालेका छन् । यस क्रममा बैंकहरुले साधारण बचतको व्याजदरमा कुनै परिमार्जन गरेका छैनन् । मुद्धती निक्षेपमा भने शुन्य दशमलव ५ प्रतिशत व्याजदर घटाइएको छ ।

बैंकहरुका बीचमा नै निक्षेप संकलनका लागि तिब्र प्रतिष्पर्धा चलिरहेका बेला बैंकर संघमा भएको सहमति अनुसार मुद्धती निक्षेपको व्याजदर १० प्रतिशत माथि नजाने गरी बैंकहरुले व्याजदर सार्वजनिक गरेका हुन् ।

स्टाण्डर्ड चार्टर्ड बैंकको मुद्धती निक्षेपको व्याजदर ७ देखि ९ प्रतिशत छ भने एभरेष्ट बैंकको ३ देखि १० प्रतिशतको बीचमा छ । बाँकी सबैजसो बैंकहरुको व्याजदर ९ देखि १० प्रतिशतको बीचमा छ ।

भन्नलाई ३,७ वा ९ देखि भने पनि सबै बैंकहरुले माथिल्लो दरमा मात्र निक्षेप संकलन गर्ने कुरामा दुईमत छैन ।

साधारण बचततर्फ सबै बैंकहरुले ५ देखि ७ प्रतिशत व्याज दिने यस अघिको योजनालाई नै निरन्तरता दिएको देखिन्छ ।

हेर्नुहोस्, कुन बैंकको व्याजदर कति छ ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।