किसान माइक्रोफाईनान्सको ५० प्रतिशत हकप्रद स्वीकृत

Oct 13, 2018 Merolagani

किसान माइक्रोफाईनान्स वित्तीय संस्था (KMFL) को ५० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । बोर्डले असोज २५ गते बिहीबार लघुवित्तको हकप्रद स्वीकृत गरेको छ ।

माइक्रोफाइनान्सले चुक्ता पूँजी चार करोड ८० लाख रुपैयाँको २ बराबर १ कित्ताको अनुपातमा एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार २५० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउन स्वीकृती पाएको हो । 

यससँगै अब लघुवित्तले बढीमा अबको दुई महिनाभित्रमा बुकक्लोज मिति तोकेर हकप्रद जारी गर्नेछ । माइक्रोफाइनान्सले शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

हकप्रदको लागि माइक्रोफाइनान्सले असार १४ गते धितोपत्र बोर्डमा आबेदन दिएको थियो । त्यसको करिब ३ महिना पछि हकप्रद स्वीकृत भएको हो । दुई करोड ४० लाख २५ हजार रूपैयाँको हकप्रदपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर वितरण गर्ने समेत घोषणा गरेको छ । बोनसपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड ६० लाख पुग्नेछ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा एक करोड २१ लाख ८१ हजार खुद नाफा कमाएर प्रतिशेयर आम्दानीमा १९ रूपैयाँ २५ पैसा कायम गरेको छ । लघुवित्तको शेयर नेप्सेमा असोज २५ गते बिहीबार प्रतिकित्ता एक हजार ६५९ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।