राम्रा मानिएका विकास बैंकहरु नै वाणिज्य बैंकहरुमा मिसिने मिशनमा

Oct 14, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गरिसकेका केही राम्रा र बलिया मानिएका विकास बैंकहरु नै यतिबेला थप मर्जर तथा एक्विजिशनमा जान लालायित देखिएका छन् । ती बैंकहरु आफू जस्तै बैंकहरुसँग भन्दा पनि सकभर वाणिज्य बैंकहरुसँग लगनगाँठो कस्न तम्सिएका छन् ।

भर्खरै मात्र बार्षिक साधारणसभा सम्पन्न गरेका महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंकले साधारणसभाबाटै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभिने वा गाभ्ने आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिईसकेका छन् ।

यस्तै शाइन रेसुङ्गा विकास बैंकले पनि आजै हुने आफ्नो साधारणसभाबाट मर्जर तथा एक्विजिशनका लागि बाटो खुला राख्ने प्रस्ताव पारित गर्दैछ । साधारणसभा आह्वान गरि नसकेका अन्य विकास बैंकहरुले पनि यस्तै प्रस्ताव राखेर साधारणसभा राख्ने तयारीमा छन् ।

महालक्ष्मी विकास बैंकको १७ औं वार्षिक साधारणसभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभिने वा गाभ्ने आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ। गत शुक्रबार सम्पन्न बैंकको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । साधारणसभबाट पारित भएको ८ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।

गरिमा विकास बैंकको बाह्रौं बार्षिक साधारणसभाले पनि मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

असोज २६ गते शुक्रबार पोखराको होटल ग्रान्ड विरौटामा सम्पन्न बैंकको बैंकको बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारण सभाबाट १० प्रतिशत बोनस पारित गरेको बैंकको बोनसपछि चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

यसैगरी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १० औं बार्षिक साधारण सभाले पनि अन्य कुनैपनि बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्तीमा जान समाहित हुने सम्बन्धमा सञ्चालक समितिलाई सम्पूर्ण अख्यिारी प्रदान गर्ने प्रस्ताव पारित गर्दैछ ।

महालक्ष्मी, गरिमा र शाइन मात्र होईन साधारण सभा बोलाउन बाँकी रहेका अन्य केही विकास बैंकहरुले समेत मर्जर तथा प्राप्तीमा जान उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने लगायतका प्रस्तावहरु राखेर साधारण सभा बोलाउने तयारी थालेका छन् ।

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याइसकेका र तुलानात्मक रुपमा राम्रा र बलिया मानिएका विकास बैंकहरु धमाधम मर्जर तथा एक्विजिनश जान ईच्छुक देखिएपछि मर्जर तथा एक्विजिशनको लगन जुराउन बैंकरहरुको व्यस्थता पनि बढ्न थालेको छ । मर्जरमा जान ईच्छाएका विकास बैंकहरुले आफु जस्तै बैंकहरु भन्दा पनि वाणिज्य बैंकहरुसँग पहल गरेको बुझिएको छ ।

तोकिएको चुक्तापूँजी पुर्याइसकेको एक विकास बैंकका उच्च अधिकारीले गत बर्षको साधारण सभा बोलाउनु अघि नै मर्जर वा एक्विजिशन सम्झौता हुनेगरी छलफल थालिएको मेरो लगानीलाई बताए ।

उनका अनुसार सकभर वाणिज्य बैंकहरुसँग नै मर्जरमा जाने पहल भईरहेको बताए । हामी पनि केहि वाणिज्य बैंकहरुसँग छलफलकै क्रममा छौ । कुरा मिलेसम्म वाणिज्य बैंक नै हाम्रो प्राथमिकता हो । उनले भने ।

यस्तै ज्याति विकासले हाम्रो विकास बैंकलाई प्राप्ती गर्दैछ । हाम्रो विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव ज्याति विकास बैंकको असोज २९ गते सोमबार हुने ११ औं बार्षिक साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव रहेकाे छ।

उता हाम्रो विकास बैंकले पनि ज्योतिसँग विलय हुने सम्बन्धमा निर्णय गर्न कात्तिक ११ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

ज्योति विकास बैंकले गत असार ३१ गते हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । ज्योतिसँग एक्वायरमा जाने सम्झौतापछि बैंकले शेयर कारोबार असार ३२ गतेदेखि नै रोक्का रहेको छ ।

दुबै बैंकबीच स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गरिने सहमति छ । ज्योति विकास बैंकलाई राष्ट्र बैंकले हाम्रो विकास बैंकलाई एक्वायर गर्न सैद्धान्तिक सहमति समेत दिइसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।