दशैंको दक्षिणा शेयरमा लगानी गरौं र आफ्नो नानी बाबुको भविष्य सुरक्षित गरौं

Oct 18, 2018 Merolagani

- आनन्द कुमार भट्टराई
हाम्रो देशमा शेयर बजार प्रति विभिन्न ब्यक्तिको बिभिन्न धारणाहरु रहेका छन् । कोही यसलाई जुवाघर भन्छन् त कोही यसलाई सट्टा बजार भन्छन् । त्यही जमातमा कतिपय यसलाई नोट छाप्ने मेशिन पनि भन्छन् । वास्तवमा यो विभिन्न ब्यक्तिहरुको एउटै विषयलाई हेर्ने दृष्टीकोणमा देखिने भिन्नता मात्र हो ।

आज विश्वको हरेक देशको टेलिभिजन च्यानलमा अनिवार्य रुपमा वाचन गरिने समाचारमा मौसमको पूर्वानुमान र शेयर बजार सम्बन्धी समाचारले प्रमुख स्थान ओगटेको कुरालाई नकार्न सकिँदैन ।

यदि शेयर बजार जुवाघर र सट्टा बजार हुँदो हो त यसले पक्कै पनि समाचारमा उच्च प्राथमिकता पाउने थिएन । तर त्यसो होईन, यो त वास्तवमा संसारकै सबभन्दा सफा सुग्घर र पारदर्शी ब्यवसाय हो ।

महाभारतमा युधिस्थिरले पासाको खेलमा पत्नी द्रौपदीलाई समेत हार्न पुगे । उनले हारे किनकी उनलाई खेल्न आउँदैन थियो तर चुनौती अश्वीकार गर्न सक्ने अवस्था पनि थिएन । उनले के सोचे भने यो त जुवाको खेल हो कुनै न कुनै बेला मेरो पनि त दाउ लाग्न सक्छ । र यही चक्करमा उनी माहिर खेलाडी सकुनीको जालमा फस्दै गई पत्नी समेत हार्न पुगे ।

हो, यहाँ युधिस्थिरले भने जुवा खेलेका हुन् , किनकी खेलको बारेमा पर्याप्त ज्ञान नभई खेल्नुलाई जुवा नै भनिन्छ किनकी त्यहाँ हार निश्चित हुन्छ ।  तर उही खेलमा सकुनीले भने जुवा नभई खेल खेलिरहेका थिए । किनकी उनलाई खेलको बारेमा पुरा ज्ञान थियो र आफैँमा पुरा विश्वास थियो की म नै जित्छु भनेर ।

शेयर बजारमा पनि जसले जानेर बुझेर बजारको सामान्य सिद्धान्त अनुसार लगानी गर्छ उ सफल र विजेता हुन्छ तर युधिस्थिरले जस्तो खेल्न नजाने पनि अरुको लहै लहैमा जथाभावी लगानी गर्दै गयो भने त्यस्तो लगानीकर्तालाई डुब्नबाट कसैले बचाउन सक्दैन ।

विभिन्न अध्ययनले के देखाएको छ भने सामान्य अवस्थामा पनि शेयरमा लगानी गरेको रकममा बार्षिक २० देखि २५ प्रतिशत सम्मको प्रतिफल त प्राप्त हुन्छ नै ।

त्यसैले विश्वको हरेक देशमा शेयर बजार अतिरिक्त आम्दानी गरी आफ्नो विभिन्न आकाक्षाँहरु (जग्गा खरिद गर्ने, घर बनाउने, छोराछोरी पढाउने, तिनको विवाह गर्ने आदी) पूर्ति गर्ने लगानीको प्रमुख विकल्पको रुपमा देखिएको छ ।

तर शेयर बजारमा प्रवेश गर्नु भन्दा पहिले बजार सम्बन्धी ज्ञान हासिल गर्नु जरुरी हुन्छ र यसको लागि केही समय दिएर सिक्नु जरुरी हुन्छ । त्यसकारण पहिले सिक्नुस । २ महिना, ६ महिना अथवा एक साल जति लागे पनि हतार नगर्नुस् किनकी जीन्दगी धेरै लामो छ र शेयर बजार निरन्तर चलिरहन्छ। एउटा कुरा नविर्सनुस् की विना ज्ञान गरिने सबै काम जुवा नै हो ।

बजारमा कसरी प्रवेश गर्ने त ?

१.धेरैजसो लगानीकर्ता बजार उचाईमा हुँदा प्रवेश गर्छन् र बजार घटेपछी शेयर बजारलाई जुवाघर भन्दै भाग्छन् । त्यसैले जहिले पनि बजार तल्लो बिन्दुमा हुँदा प्रवेश गर्नुस् । यसले गर्दा तपाई बजारमा टिकिरहन सक्नुहुन्छ ।

२.आफूले खरिद गर्न चाहेको कम्पनीको शेयरको सानो सानो मात्रा खरिद गर्नुस ।

३. शुरुवाती लगानीकर्ताले आक्रामक रूपमा होईन की विस्तारै विस्तारै कारोबार गर्नुस् र ज्ञान हासिल गर्दै जानुस् तथा शुरुवाती वर्षमा टिक्ने प्रयास गर्नुहोस् ।

४.बजारको चल्ने प्रणाली (सिस्टम) थाहा भए पछि तपाईले कमाउन सक्नुहुन्छ । त्यसैले क्रिकेटको पिचमा टिके जस्तै टिकिरहनुहोस् र सिक्ने प्रयास गर्दै अगाडि बढ्दै जानुहोस् ।


अहिले शेयरमा लगानी गर्ने उपयुक्त समय किन हो ?

"The philosophy of the rich and the poor is this: the rich invest their money and spend what is left. The poor spend their money and invest what is left." -- Rich Dad 

अर्थात लगानी नगरी पैसा कमाउन सकिँदैन त्यसैले लगानी गर्न पछि पर्नु हुँदैन ।

बैंकको ब्याजदर, शेयरको अधिक आपूर्ति, शेयर बजार प्रति सरकारको सकारात्मक दृष्टीकोणको अभाव, बोनस र राईट शेयरको पूँजीगत लाभकरको विवादलाई समाधान नगरी थाती राखिरहनु तथा सरकार प्रति लगानीकर्ताको विश्वासमा आएको कमीले गर्दा लाभाशं रुपी बाली भित्र्याउने बेलामा समेत बजार बढ्न नसकी घट्दो क्रममा रहेको छ ।

Successful investors use trends such as market sentiments, political instability and company's crisis to their advantage. किनकी यस्तो बेलामा शेयरको मूल्य अण्डर भ्यालु भएको हुन्छ र सफल लगानीकर्ताले जहिले पनि लगानीको लागि यस्तो अवस्था कुरेर बसेको हुन्छ ।

वारेन बफेटको यो भनाई "Look at market fluctuations as your friend rather than your enemy. Profit from folly rather than participate in it." लाई लगानीको गुरु मन्त्र बनाउन सकियो भने सफलता अवश्य पाईन्छ । त्यसैले बजार तल्लो बिन्दुमा हुँदा बिक्री गर्ने र माथिल्लो बिन्दुमा हुँदा खरिद गर्ने जस्तो अरुको मुर्खतापूर्ण ब्यवहारबाट फाईदा उठाउन राम्रा कम्पनीको शेयरमा लगानी बढाउनु बुद्धिमानी हुनेछ ।

वारेन बफेट कै अर्को भनाई "My two rules of investing: Rule one -- never lose money. Rule two -- never forget rule one."  पनि हाम्रो लागि अति उपयोगी छ । आफ्नो लगानीमा नोक्सानी नब्यहोर्नको लागि राम्रा कम्पनीको शेयरको मूल्य अण्डर भ्यालू भएको बेलामा खरिद गरि हाल्नुलाई आफ्नो लगानी सिद्धान्त बनाउनुपर्छ ।

कुनै पनि शेयरको कतिसम्मको मूल्यलाई खरिद योग्य मान्ने ?

 

कुनै पनि कम्पनीको शेयरको बजार मूल्यलाई प्रति शेयर आम्दानी (EPS), मूल्य आम्दानी अनुपात (P/E Ratio), प्रति शेयर नेटवर्थ, मूल्य नेटवर्थ अनुपात (P/B Ratio) को आधारमा विश्लेषण गरेर घटी बढी भएको तथ्य सहजै पत्ता लगाउन सकिन्छ ।

प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रति शेयर नेटवर्थ, मूल्य नेटवर्थ अनुपातको बारेमा प्राय सबै लगानीकर्ता जानकार भएकोले यहाँ त्यसको विश्लेषण गरिएको छैन ।

तर बुझ्नु पर्ने मूल कुरो के हो भने मूल्य आम्दानी अनुपात ,र मूल्य नेटवर्थ अनुपात जति कम हुन्छ त्यति नै मूल्य राम्रो मानिन्छ ।

मूल्य आम्दानी अनुपात र मूल्य नेटवर्थ अनुपातको आधारमा शेयर कहिले खरिद गर्ने र कहिले बिक्री गर्ने भन्ने सम्बन्धमा एक विद्धानको निम्न सुत्र हाम्रो मुलुकको सन्दर्भमा एकदमै उपयुक्त देखिएकोले लगानीकर्ताले यसलाई मनन् गर्नुपर्छ ।


वारेन बफेटका गुरु बेन्जामिन ग्राहमले जहिले पनि अण्डर भ्यालू भएको शेयर मात्र खरिद गर्थे र उनले अण्डर भ्यालू शेयरको मूल्य निकाल्ने आफ्नै सुत्र प्रतिपादन गरेका थिए जसलाई ग्राहम नम्बर भनिन्छ । जुन यस प्रकार छ ।

यो सुत्रले प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थ अर्थात बुक भ्यालुलाई आधार मानेको छ । जस्तो की माथि मूल्य आम्दानी अनुपात १२ भन्दा कम र मूल्य नेटवर्थ अनुपात २ भन्दा कम भएको शेयर मूल्यलाई खरिदको लागि राम्रो भनिएको छ ठिक त्यसै गरी ग्राहमले पनि ती दुबै अनुपातको संयोजन गरेर अण्डर भ्यालू भएको शेयर पत्ता लगाउने प्रयास गरेका छन् ।

उनी मूल्य आम्दानी अनुपात १५ र मूल्य नेटवर्थ अनुपात १.५ भन्दा बढीको शेयरमा लगानी गर्नु हुँदैन भन्ने मान्यतामा अडिग थिए । त्यसैले उनले आफ्नो ग्राहम नम्बरको सुत्रमा ती दूईको गुणनफल २२.५ (१५ १.५ २२.५) लाई स्थिर चरको रुपमा प्रयोग गरेका छन् ।

उनले के पनि भनेका छन् भने यदि यो सुत्रबाट प्राप्त अंक भन्दा बजार मूल्य कम छ भने त्यस्तो शेयरमा आँखा चिम्लेर लगानी गर्दा हुन्छ । अर्को तिर वारेन बफेटले आफैँ पनि भनेका छन् की उनी ८५ प्रतिशत ग्राहम र १५ प्रतिशत फिशर हुन् । अर्थात् वारेन बफेट पनि अण्डर भ्यालू भएका शेयर खरिद गरेर ढुक्कले लामो अवधीसम्मको लागि राखिरहन्थे ।

साराशंमा भन्नु पर्दा ग्राहम नम्बर भन्दा मुनी वा त्यसको आसपासको मूल्यमा पाईने शेयरमा लगानी गर्दा बजार उतार चढावको कारणले लगानीकर्ता कहिले पनि प्यानिक हुने अवस्था आउँदैन र दीर्घकालमा त्यस्तो शेयरले मनग्गे आम्दानी गराउँछ ।

माथिको सुत्रको आधारमा गणना गर्दा अहिले धेरै जसो कम्पनीहरूको शेयरको मूल्य अण्डर भ्यालू भएको अवस्थामा रहेकोले दशैंको दक्षिणाको रकमको त्यसै मास्नु भन्दा त्यस्ता अण्डर भ्यालू भएका कम्पनीहरूको शेयरमा लगानी गरी हरेक दशैंको दक्षिणा शेयरमा लगानी गर्दै जाने हो भने १५-२० वर्ष पछि नानी बाबूको उच्च शिक्षा अथवा विवाहको खर्च सजिलै जोहो गर्न सकिन्छ ।

 

नोट: माथिको विश्लेषण तथ्याङ्क तथा चलेका सुत्रका आधारमा प्रस्तुत गरिएको हो । यसैको आधारमा शेयर खरिद बिक्री गर्नुभन्दा पहिले आफैँले पनि विश्लेषण गरी निर्णय लिनु राम्रो मानिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।