सस्तो मूल्यमा शेयर उठाउनेहरु सक्रिय हुँदा नेप्सेमा दोहोरो अंकको सुधार

Oct 14, 2018 Merolagani

शेयर बजारका लागानीकर्ताले दशैको किनमेल र रकम जोहोपछि बाँकि रकम शेयरमा लगानी गर्दा आइतबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । लगातार तिन दिन बजार बढेपछि बजारले सकारात्मक लय समात्ने संकेत जनाउँदा लगानीकर्तामा उत्साहको सञ्चार समेत छाएको  छ ।

आइतबार नेप्से १४.१५ अंकले बढेर १२४२.२३ अंकमा पुगेको छ । यस दिन १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर २६ करोड ९९ लाख १३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

निक्षेपको ब्याजदर घटाउने सहमति गरेका बैंकहरुले कर्जाको ब्याजदर पनि घटाउने आशा लगानीकर्तामा देखिएको छ । त्यस्तै दसैँ खर्च जोहो गरिसकेका लगानीकर्ताले शेयर खरिद बढाउदा पनि बजारमा पनि सकारात्मक प्रभाव परेको हो ।

अब दशैंअघि एकदिन मात्र सोमबार बजार खुल्नेछ । अहिले भएको सेयर राफसाफ दशँैपछि मात्र हुने भएकाले पनि रकम जोहो गर्नेहरु कम हुँदा बिक्री चाप कम पर्दा बजार बढ्न सहयोग पुगेको हो ।

कारोबारमा आएका दश उप समूह मध्ये आठ समूहको सूचक बढेको छ भने दुई उप समूहको सूचक ऋणात्मक छ । यसदिन सबै भन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ८७.६१ अंकले बढेको छ । जीवन बीमा ५७.४९, होटल ५५.३४, डेभलपमेन्ट बैक १८.१५, बैकिङ्ग १७.३७, लघुवित्त ११.१४, अन्य ४.२७ र वित्त उप समूहको सूचक बढेको हो । यता उत्पादन उप समूहको सूचक ९५.७३ र हाइड्रोपावर उप समूहको सूचक १.३१ अंकले घटेको हो ।

आइतबार उच्च कारोबार भएका दश कम्पनीहरु मध्ये एनएबी बैंकको ६८ हजार १३४ कित्ता शेयर दुई करोड ४५ लाख ५५ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । यता जनता बैंकको सबै भन्दा धेरै एक लाख ९ हजार ७९३ कित्ता शेयर दुई करोड १० लाख रुपैयाँमा कारोबार भयो । साथै एनआइसी एसिया बैंक, प्रभू बैंक र कुमारी बैंकको शेयर एक करोड बढीको खरिद बिक्री भयोे ।

आइतबार उच्च कमाइ गर्ने कम्पनीहरुमध्ये एनएमबी सुलभ फण्ड–१ को एकाई मूल्य ५.९८ प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्त, सहयोग विकास बैंक, निको इन्स्योरेन्स,ग्रीन डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र मेगा बैंकको शेयर मूल्य ५ प्रतिशत धरैले बढेको छ । साथै सेन्चुरी बैंक, सिर्जनाफाइनान्स र नाडेप लघुवित्त पनि उत्कृठ कमाई गर्ने कम्पनी मध्येमा परेका छन् ।

यता युनिलिभर नेपालको शेयर मूल्य ७.२९ प्रतिशतले खस्किदा गुमाउने कम्पनीहरुको अग्र स्थानमा छ । पञ्चकन्या माई हाइडा«ेपावरको शेयर ६.६ प्रतिशतले घटेको हो । ङदी ग्रुप पावर, बेष्ट फाइनान्स र दिब्यश्वरी हाइड्रोपावरको शेयर मूल्य २ प्रतिशतले घटेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।