खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! लगानीका लागि १३ अर्ब ३० लाखको आउँदैछ शेयर

Oct 18, 2018 Merolagani

- तीर्थराज पाैड्याल।
शेयरमा लगानी गर्न चाहने लगानीकर्ताका लागि १२ अर्ब ३० करोड ८ लाख ६० हजार ५५० रुपैयाँ बराबरको शेयर आउने भएको छ। ८ अर्ब ३० करोड १५ लाख ६१ हजार १०० रुपैयाँको साधारण शेयर र ३ अर्ब ९९ करोड ९२ लाख ९९ हजार ४५० रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन हुने भएको हो।

८ अर्ब ३० करोड १५ लाख ६१ हजार १०० रुपैयाँको साधारण शेयरमध्ये दशैं लगतै एक अर्ब ७० कराेड ५५ लाख रूपैयाँकाे शेयर दशैं लगत्तै निष्काशन गर्ने तयारीमा रहेका छन् । 

४ अर्ब ५६ कराेड ४१ लाख ५७ हजार १०० रूपैयाँकाे शेयर अनुमतिका लागि धिताेपत्र बाेर्डमा गएकाे छ । शिवम् सिमेन्ट दुर्इ अर्ब तीन करोड १९ लाख चार हजारको शेयर जारी गर्न अनुमतिका लागि धिताेपत्र बाेर्ड तयारीमा रहेको छ । 

हकप्रद तर्फ तीन कम्पनीकाे  १६ करोड ९० लाख २५ हजार रूपैयाँ बराबरकाे १६ लाख ९० हजार २५० कित्ता हकप्रद शेयर स्वीकृत भएकाेमा स्वदेशी  लघुवित्तले ११ कराेड ५० लाखकाे शेयर निष्काशन गरिरहेकाे छ । अन्य ८ कम्पनीले ३ अर्ब ८३ कराेड दुर्इ लाख ७४ हजार ४५० रूपैयाँकाे एक सय रूपैयाँ अंकित दरमा ३ करोड ८३ लाख २ हजार ७४४.५० कित्ता हकप्रद निष्काशनका लागि बाेर्डकाे अनुमति मागेका छन् ।

एक अर्ब ७० कराेड ५५ लाखकाे  साधारण शेयर दशैं लगत्तै निष्काशन हुने

साधारण शेयरमा लगानी गर्न धेरै रकम पनि नचाहिने भएकोले दशैंमा जम्मा भएको दक्षिणा जोगाएर पनि शेयर भर्न सकिन्छ । सानाे रकम अर्थात पाँच हजार रूपैयाँबाटै साधारण शेयरमा लगानी गर्न सकिन्छ । साधारण शेयर र हकप्रदमा प्रतिकित्ता एक सय रुपैयाँका दरले आवेदन दिन सकिन्छ । 

स-सानाे रकम लगानी गर्दा एकैपटक लगानीका लागि ठूलाे रकम अावश्यक पर्दैन भने फजुल खर्च समेत लगानी बन्न सक्छ । फजुल खर्चकाे रकमले नै भविष्यमा राम्राे प्रतिफल प्राप्त गर्न सकिन्छ ।

हिमालयन उर्जाले आयोजना प्रभावित क्षेत्रका रामेछाप र दोलखाका स्थानीय बासीन्दाका लागि कार्तिक ६ गते देखि एक सय रुपैयाँ अंकित दरमा ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आर्इपिओ जारी आर्इपिओ निष्काशन गर्दैछ । यसमा नबिल इन्भेष्मेन्ट बैंकिङ्गले बिक्री प्रबन्धककाे जिम्मेवारी पाएकाे छ ।

त्यस लगत्तै माथिल्लाे तामाकाेशी हार्इड्राेपावर लिमिटेडले कात्तिक १५ गतेदेखि सर्वसाधारणमा एक कराेड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशनकाे मिति ताेकिसकेकाे छ । यस शेयरकाे बिक्री प्रबन्धक नागरिक लगानी काेष र सनराइज क्यापिटल रहेका छन् ।

चाैतारी लघुवित्तले एक कराेड ८० लाख रूपैयाँ बराबरकाे एक लाख ८० हजार कित्ता अार्इपिअाे जारी गर्न धिताेपत्र बाेर्डबाट अनुमति पाइसकेकाे छ ।  कम्पनीले एनअार्इबिएल एस क्यापिटल मार्फत छिट्टै शेयर निष्काशन गर्ने तयारी भैरहेकाे जनाएकाे छ ।

४ अर्ब ५६ कराेडकाे  साधारण शेयर बाेर्डकाे पाइपलाइनमा

अहिलेसम्म नेपाल धितोपत्र बोर्डमा २२ कम्पनीले ४ अर्ब ५६ कराेड ४१ लाख ५७ हजार १०० रूपैयाँ बराबरकाे  ४ करोड ५६ लाख ४१ हजार ५७१ कित्ता साधारण निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डबाट स्वीकृत भएपश्चात कम्पनीहरुले सर्वसाधारणलाई शेयर जारी गर्नेछन् ।

साधारण शेयर जारी गर्न अनुमति मागेर बाेर्डकाे पाइपलाइनमा रहेका २२ कम्पनीहरूमध्ये १७ जलविद्युत कम्पनी रहेका छन् । यसरी साधारण शेयर जारी  क्रमश: सीइडीबी हार्इड्राेपावर, सयपत्री हार्इड्राेपावर, अाशा लघुवित्त, जनसेवी लघुवित्त, शुभम् पावर, स्पर्श लघुवित्त, रूरू जलविद्युत परियाेजना, माउन्टेन हाइड्राे नेपाल, युनियन हाइड्राेपावर,  स्वाभिमान माइक्राेफाइनान्स, पाँचथर पावर कम्पनी, ग्रीन लाइफ हार्इड्राेपावर, सीबीअार्इएल क्यापिटल, मैलुङ खाेला जलविद्युत, युनिभर्सल पावर कम्पनी, मध्यभाेटेकाेशी जलविद्युत, शिव श्री हार्इड्राेपावर, जाेशी हार्इड्राेपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्राेपावर, गर्ज्याङ उपत्यका हार्इड्राेपावर,लाफिङ बुद्द पावर, र युनिक हाइडेल कम्पनीले सर्वसाधारणमा ४ अर्ब ५६ कराेडकाे शेयर जारी गर्न नियामक निकाय धिताेपत्र बाेर्डकाे पर्खाइमा रहेका छन् ।

यस्तै शिवम् सिमेन्ट ५० लाख ७९ हजार ७६० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न धितोपत्र बोर्ड जाने तयारीमा छ । कम्पनीले एक सय रूपैयाँ अंकित मुल्यमा ३०० रूपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४०० रूपैयाँ दरमा दुर्इ अर्ब तीन करोड १९ लाख चार हजारको शेयर जारी गर्ने तयारीमा रहेको छ । 

३ अर्ब ९९ करोडको हकप्रद दशैं लगत्तै निष्काशन हुँदै 

तीन कम्पनीहरू स्वदेशी लघुवित्त, महुली लघुवित्त र किसान लघुवित्तकाे १६ करोड ९० लाख २५ हजार रूपैयाँ बराबरकाे १६ लाख ९० हजार २५० कित्ता हकप्रद शेयर जारी गर्न बाेर्डले स्वीकृती प्रदान गरिसकेकाे छ।

स्वदेशी लघुवित्तले असोज २३ गतेदेखि चुक्ता पूँजीको शतप्रतिशत ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद जारी गरेको छ। यस हकप्रदमा भदौ २४ गतेसम्म कायम रहेका शेयरधनीले कात्तिक २६ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । 

महुलीले असाेज १४ गते एक सय रूपैयाँ अंकित दरमा तीन कराेड रूपैयाँ बराबरकाे तीन लाख कित्ता हकप्रद जारी गर्न अनुमति पाइसकेकाे छ ।  लघुवित्तले चुक्त्ता पूँजीकाे ५० प्रतिशत हकप्रद जारी गर्न लागेकाे हाे । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।

किसान माइक्रोफाईनान्सले दुई करोड ४० लाख २५ हजार रूपैयाँको हकप्रद जारी गर्न असोज २५ गते धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । माइक्रोफाइनान्सले चुक्ता पूँजी चार करोड ८० लाख रुपैयाँको २ बराबर १ कित्ताको अनुपातमा एक सय रूपैयाँ अंकित दरका दुई लाख ४० हजार २५० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउन स्वीकृती पाएको हो । 

महुली र किसान दुबैले हकप्रद जारी गर्न बुकक्लाेज भने ताेकिसकेका छैनन् ।

३ अर्ब ८३ कराेडकाे हकप्रद  बाेर्डकाे पाइपलाइनमा

 ८ कम्पनीहरू ले गरि कूल ३ अर्ब ८३ कराेड दुर्इ लाख ७४ हजार ४५० रूपैयाँकाे एक सय रूपैयाँ अंकित दरमा ३ करोड ८३ लाख २ हजार ७४४.५० कित्ता हकप्रद निष्काशन गर्न लागेका हुन् । ती कम्पनीले धिताेपत्र बाेर्डमा स्वीकृती समेत मागिसकेका छन् ।

हकप्रद जारी गर्न अनुमति माग गरेका कम्पनीहरूमा क्रमश: अपि पावर कम्पनीले चुक्त्ता पूँजीकाे २०० प्रतिशत , श्री राम सुगर मिलले  चुक्त्ता पूँजीकाे ३०० प्रतिशत, बरूण हाइड्राेपावरले  चुक्त्ता पूँजी बराबरकै , सृजना फाइनान्सले  चुक्त्ता पूँजीकाे ६० प्रतिशत, नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्न अनुमति मागेका छन् ।

त्यसैगरि एभरेष्ट इन्स्याेरेन्सले चुक्त्ता पूँजीकाे १०५ प्रतिशत संस्थापक हकप्रद, मिथिला लघुवित्तले  चुक्त्ता पूँजीकाे ५० प्रतिशत र उन्नति माइक्राेफाइनान्सले  चुक्त्ता पूँजीकाे २० प्रतिशत हकप्रद निष्काशनको लागि धिताेपत्र बाेर्डमा आबेदन गरेका छन् ।

हकप्रद शेयरमा भने सम्बन्धित कम्पनीका हकप्रद प्रयोजन लागि तोकिएको बुक क्लोज भन्दा अगाडि कायम शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।