पोखरा फाइनान्सको साधारण सभा कार्तिक २० गते, लाभांश पाउन कात्तिक ११ गतेसम्म शेयर किन्नुपर्ने

Oct 15, 2018 Merolagani

पोखरा फाइनान्स (PFL) ले गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न कात्तिक २० गते २२ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

फाइनान्सले गत आर्थिक बर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई पाँच प्रतिशत बोनस शेयर र ८.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

फाइनान्सले कार्तिक २० गते मंगलबार बिहान ९ बजे दरबारथोक बैंक्वेट पोखरा कास्कीमा साधारण सभा डाकेको छ । 

साधारण सभा प्रयोजनको लागि फाइनान्सले कार्तिक १२ गते देखि साधारण सभा सम्पन्न नभएसम्म बुक क्लोज गर्ने जनाएको छ । जस अनुरुप कार्तिक ११ गतेसम्म कायम शेयरधनीले फाइनान्सको लाभांश पाउनेछन् ।

बाइसौं साधारण सभाले शेयरधनीहरुलाई ८१ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशतले हुने ४ करोड ८ लाख रुपैयाँ बराबरको बोनस तथा ७ करोड ९ लाख रुपैयाँको नगद लाभांश पारित गर्नेछ ।

यस्तै साधारणसभाले गत आर्थिक वर्षको संचालक समितिकोको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखा परिक्षण भएको वासलात, नाफा नोक्सान हिसाव, नाफा नोक्सान बाँडफाँट हिसाब इक्वीटिमा भएको परिवर्तन सम्बन्धी छलफल गरी पारित गर्ने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने पनि तयारी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।