ब्लु चिप शेयर के हो ? कस्ता शेयरलाई ब्लु चिप भनिन्छ ?

Oct 19, 2018 Merolagani

लामो समयदेखि नाफा कमाउँदै आएको तथा लगानीकर्ताहरुलाई उच्च प्रतिफल (लाभांश) प्रदान गर्दै आएको कम्पनीको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनी लगानीकर्ताप्रति अन्य कम्पनीहरू भन्दा तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् ।

यस्ता कम्पनीहरुले लगानीकर्ताको विश्वास जितेका हुन्छन् । उनीहरू पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचीत वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको सेयरहरुको बजार मूल्य प्रायः बढिरहेकै हुन्छ ।

संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ उच्च लाभांश प्रदान गर्दै आएका कारण यस्ता कम्पनी लगानीकर्ताहरुप्रति बढी जवाफदेहि भएकाले विश्वास जित्न सफल मानिन्छन् ।

ब्लू चिप कम्पनीहरुका निम्न विशेषताहरुले पनि यस्ता कम्पनीको सेयर खरिद गर्न आम लगानीकर्ता लालायित हुन्छन् । ब्लू चिप शेयरका विशेषता यस्ता हुन्छन् । यीनै विशेषताका आधारमा ब्लू चिप शेयरलार्इ चिन्न सकिन्छ ।

१.कम्पनीको बजारमा उच्च छबी (साख) हुनु

२. हकप्रदमा भन्दा बोनस वितरणमा जोड

३. लाभांशका फाइदा

४. नियमित आम्दानी बढाउँदै लग्नु

५. लिक्वीड सेयर

७. लगानीकर्ताको विश्वास र भरोसा बढी हुनु

८. बजार पूँजीकरण धेरै हुनु

९. अल्पकालीन र दीर्घकालीन लगानी दुबैबाट प्रशस्त लाभ लिनसक्नु

१०. वैदेशिक संस्थागत लगानीकर्ता र म्युचुअल फण्डहरुले समेत यस्ता कम्पनीमा लगानी गर्नु । आदी

कुनै समयमा ब्लु चिप मानिने कम्पनीहरुको शेयर पनि समयक्रमसँगै सामान्य कम्पनीहरु जस्तै बन्न पनि सक्छन् । सबै कम्पनीलाई जुनसुकै कालखण्डमा उत्तिकै सफलता मिल्छ भन्न सकिन्न । तर डार्बिनको विकासवादी सिद्धान्त जस्तै समयक्रममा आफूलाई समयको परिवर्तन अनुरुप कुशल व्यवस्थापनबाट अगाडि बढाउँदै प्रगति गर्नसक्ने कम्पनीहरुले सधै आफ्नो छबी राम्रो कायम गर्न पनि सक्छन् । साे अनुरूप अाफूलार्इ अगाडि बढाउन नसक्ने कम्पनीकाे अस्तित्व मेटिन पनि सक्छ ।

समयअनुसार आफुलाई अगाडि बढाउन नसक्ने कम्पनीहरु कुनैबेला ब्लु चिप कम्पनीको रुपमा स्थापित भएपनि समयसँगै टाट पल्टेका उदाहरण पनि विश्वमा थुप्रै पाइन्छ । कम्पनीको प्रगतिलाई सो कम्पनीमा व्यवस्थापनमा कस्ता व्यक्तिहरुको संलग्नता रहेको छ भन्ने कुराले ठूलो भुमिका खेल्ने गर्दछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।