हाम्रो विकास बैंकलाई प्राप्ती गर्ने निर्णय गर्दै ज्योतिले पारित गर्यो लाभांश

Oct 15, 2018 Merolagani

ज्योति विकास बैंक (JBBL) को असोज २९ गते सोमबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले हाम्रो विकास बैंक प्राप्ती गर्ने निर्णय गर्दै गत आर्थिक बर्षको लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आवको नाफाबाट ८.४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १५ देखि बुक क्लोज गरेको थियो । यस अनुसार असोज १४ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् । 

भदौ २४ गते बसेको सञ्चालक समितिको ३१२ अाैं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । बैंकले नगद लाभांश खण्डिकृत शेयरमा रहेको भिन्न अंक थप गरी पुर्ण शेयर कायम गरी वितरण गर्ने जनाएको छ । 

उता हाम्रो विकास बैंकले पनि कात्तिक ११ गते डाकेको साधारण सभाबाट ज्योतिसँग विलय हुने प्रस्तावमा निर्णय गर्दैछ ।

हाम्रो विकास बैंकले ज्योतिसँग विलय हुने प्रस्ताव कात्तिक ११ गते टुङ्गो लगाउने

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।