रिचार्जरमा मोबाइल किनेर नबराज उप्रेतीले पाए दशैंको खसी

Oct 16, 2018 Merolagani

मोबाइल एप रिचार्जरले आयोजना गरेको दशैं अफरमा काभ्रेका नवराज उप्रेतीले खसी हात पारेका छन् । एक साताभन्दा बढी समय चलेको दशैंको खसी, घरमै बसी बसी योजनामा मोबाइल किनेका उप्रेतीलाई रिचार्जरले घरमै खसी हस्तान्तरण गरेको छ ।

‘दशँैको खसी घरमै बसी बसी’ योजना असोज १६ गतेदेखि २९ गते सोमबारसम्म सञ्चालन भएको थियो । रिचार्जरले कागेश्वरी मनहरास्थित उप्रेतीको निवास पुगेर खसी हस्तान्तरण गरेको हो । खसी पाए पछि उप्रेतीले छोराको जिद्धीले रिचार्जरमा मोबाइल किनेको बताए । ‘छोराको जिद्धीले मोबाइलसँगै दशैंको खसी घर भित्रियो ।’

योजना अवधिमा रिचार्जरबाट मोबाइल किनेकाहरु मध्येबाट एक जनाको नाम छनौट गरिएको थियो । असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष रुपमा विजेता घोषणा गरिएको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।