७६ वटा जीपको छत किन हटाइयो ?

Oct 17, 2018 Merolagani

जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जिपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ । चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली लोकमार्ग तथा शाखा सडकमा सञ्चालनमा रहेका जिपको छत तथा पछाडिको सिट हटाइएको हो ।

यातायात कार्यालयबाट पाँच सिट पास भएका जिपले पछाडि र छतमा यात्रु बोक्न थालेपछि छत र पछाडिको सिट हटाउनुपरेको ट्राफिक प्रहरीका सहायक निरीक्षक धनसिंह नगारीले जानकारी दिए । उनीहरूलाई पाँच सिटमा मात्रै यात्रु बोक्न निर्देशन गरिएको छ । 

जिल्लाका कच्ची तथा साँघुरा सडकमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि विनापासका सिट हटाइएको प्रहरीले जनाएको छ । सवारी धनीले यातायात कार्यालयबाट पाँच सिटको मात्रै पास बनाउने तर १२ देखि २५ सम्म यात्रु बोक्न थालेपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्न विनापासका सिट हटाउन लगाइएको हो । 

साथै प्रहरीले यात्रु र गाडीको सुरक्षार्थ हरेक ठाउँमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । यात्रुलाई दशैँ, तिहारमा सुरक्षित यात्रा गर्न सहज होस् भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।