नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नं २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विमानस्थलको निर्माण कार्य तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो ।
उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ को वर्तमान सरकारको प्रमुख लक्ष्य पूरा गर्न समग्र विकास निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयको आवश्यकता पनि औँल्याउनुभयो ।
नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य एवम् प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जिल्लाका पाँच वटै स्थानीय तह र वडास्तरमा समेत पार्टी संयन्त्र निर्माण भइसकेको जानकारी दिनुभयो ।