आईपिओ प्रस्ताव गरेको गणपति माइक्रोले देखायो मर्जरमा जाने संकेत

Oct 22, 2018 Merolagani

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि मर्जरमा जाने संकेत गरेको छ । यहि कात्तिक ३० गते हुने दोस्रो साधारणसभामा कम्पनीले मर्जरमा जान आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव लग्दैछ ।

संस्थाले एक वा एक भन्दा बढी उपयुक्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ती हुने प्रयोजनका लागि उपयुत्त संस्थाहरु पहिचान गर्ने, समझदारी गर्ने लगायतका आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

साथै संस्थाले जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने भएको छ । जस अनुसार गणपतिले प्रति शेयर एक सय रुपैयाँ अंकित दरको ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले यसअघि नै एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक छनौट गरिसकेको छ ।

 

 

 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ ।

यसअघि वोमी माईक्रोफाईनान्सले आफु जस्तै कारोबार गर्ने संस्थाहरु खोजेर मर्जर तथा एक्विजिशन कार्य गर्न गराउने अख्तियारी लिने समेतको कार्यसूची राखेर कात्तिक १७ गते साधारणसभा आब्हान गरेको छ ।

राष्ट्र बैंकको नीति बमोजिम लघुवित्त कम्पनीहरु समेत मर्जरमा जाने भएका छन् । लघुवित्त कम्पनीहरुको वित्तीय स्वास्थ्य र पहुँचका आधारमा मर्जरलाई अगाडि बढाउने राष्ट्र बैंकको नीति पछ्याउँदै माइक्रोफाइनान्सकम्पनीहरुले मर्जर तथा प्राप्तिमा जाने संकेत गरेका हुन् ।

राष्ट्र बैंकले मौद्धिक नीति मार्फत लघुवित्त कम्पनीहरु स्वत मर्जरमा जान सक्ने व्यवस्था गरेको छ । तर केन्द्रिय बैंकले वित्त संस्थाहरुलाई मर्जरका लागी प्रोत्साहन गरेता पनि लघु वित्तहरुको मर्जर र प्राप्ती सम्बन्धी कुनै पनि नीति तथा नियम बनाएको भने छैन ।

राष्ट्र बैंकले  मौद्धिक नीतिको अर्धबार्षिक समिक्षामा लघुवित्तको मर्जर प्राप्ती सम्बन्धी नीति नियम सार्वजनीक गर्ने तयारी गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।