स्वाभिमान माइक्रोले एक लाख ८० हजार कित्ता आईपिओ निष्काशन गर्ने

Oct 23, 2018 Merolagani

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीको कार्तिक ५ गते सम्पन्न दोस्रो बार्षिक साधारणसभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभाले सर्वसाधारणका लागि ३० प्रतिशतले हुन आउने एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले ३० प्रतिशत शेयर जारी गरेपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले साधारण शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने आईपिओ निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा समेत आवेदन गरिसकेको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीका १९ वटा शाखा कार्यालय छन्। असोज मसान्तसम्म कम्पनीमा १० हजार ७५७ ग्राहक, ७ हजार ३८६ ऋणी पुगेका छन् । कम्पनीले ५१ करोड ऋण लगानि गरेको छ भने बचत संकलन १४ करोड ७२ लाख छ । कम्पनी चालु बर्षमा ७ शाखा थप्ने लक्ष्य राखेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपिओ बिक्री पश्चात लघुविवत्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।