१६३ रुपैयाँ शेयरमूल्य रहेको कम्पनीले १९० रुपैयाँमा संस्थापक शेयर बिक्री गर्दै

Oct 23, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता १६३ रुपैयाँ हाराहारीमा शेयर किनबेच भइरहेको कम्पनीले प्रतिकित्ता १९० रुपैयाँका दरले नयाँ संस्थापक शेयर बिक्री गर्ने भएको छ । युनाइटेड फाइनान्स (UFL) ले भारतको मुत्तूट फाइनान्सलाई सो मूल्यमा २१ लाख कित्ता नयाँ संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

युनाइटेड फाइनान्सले मुत्तूट फाइनान्सलाई संस्थापक एफपिओ बिक्री गर्ने प्रस्ताव पारित गर्न यहि कात्तिक ३० गते २४ अाैं बार्षिक साधारण सभा डाकेको छ ।

अघिल्लो साधारणसभा बाट कम्पनीले नियामक निकायको निर्देशन अनुरुप फाइनान्सको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक सबै संसोधनहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गराएको थियो ।

 

यो साधरणसभाले मुत्तूट फाइनान्सलाई प्रिमियम सहित प्रतिकित्ता १९० रुपैयाँका दरले संस्थापक एफपिओ बिक्री गर्ने र उसको तर्फबाट एकजनालाई सञ्चालक समितिमा चयन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

युनाइटेड फाइनान्सले भारतको कोचीस्थित मुत्तूट फाइनान्सलाई वैदेशिक रणनीतिक साझेदारीको रुपमा संस्थापक एफपिओ बिक्री गरेर भित्र्याउन लागेको हो । मुत्तूटलाई २० प्रतिशत अर्थात २१ लाख कित्ता संस्थापक सेयर दिएर साझेदार बनाउन लागिएको हो ।

साथै फाइनान्सले गत बर्षको नाफाबाट प्रस्ताव गरेको पाँच प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गरिसकेको फाइनान्सले प्रस्ताव गरेको लाभांश विगत ८ बर्षयता कै कम हो । 

८० करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेकाे फाइनान्सले गत बर्ष ६ करोड ४१ लाख रूपैयाँ नाफा कमाएको थियो । गत आर्थिक बर्षमा उसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ०१ पैसा मात्र रहेको छ।

साधारण सभाकाे प्रयोजनका लागि कात्तिक १३ गतेदेखि बुकक्लोज गर्ने कम्पनीले जनाएको छ । यसअनुसार १२ गतेसम्म कायम रहने शेयरधनीले नगद लाभांश पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।